• Saturday, June 27, 2020

    अरूको दुश्मन मेरो साथी ; प्रिय दाह्री

    फिनु
    बिहानीको व्यायामले थकित मेरो शरीर यदी खोलामा पौडी खेलेर आफूलाई ताजगी महसुस गराउन खोज्दा त्यस खोलाबाट आएको पानीसॅगको मुठभेडले शरीरलाई ताजगी दिएपनि झन् अझै बढी थकाई लाग्छ कि सोचेर चारैतिर RCC घरले घेरिएको ठाउॅमा बुबाआमाले आफ्नो बसाई निर्माण गर्नुभएको होला। त्यस खोलाजस्तै शुद्ध होस् या नहोस् , त्यस खोलाले दिने जस्तो शरीरलाई ताजगी दियोस् या नदियोस् तर पनि केही हदसम्म शरीर ताजा र शुद्ध गराउने सोचले त्यही खोलाको पानीलाई यहाॅसम्म पाईपफिटिङ्ग गरेर धारासम्म ल्याइएको होला। त्यसैले आफ्नो शरीरमा त्यस धाराको पानीले स्पर्श गराई आफ्नो शरीरलाई शुद्ध र ताजापन महसुस गराउन लागी परे। 

    त्यही क्रममा मेरो हातले दुनियाॅको लागि बोझजस्तो रहेको मेरो प्राणप्रिय दाह्रीको महसुस गर्यो। आफू एक्लै आफ्नै धुनमा रहदाॅ अल्झाउॅदा पनि नअल्झाउने केही क्षति पनि नतुल्याएको , भएको नभएको त्यति महसुस नगरिने यो दाह्री अरूको माझमा रहॅदा अरूलाई कति अल्झाउने, कोप्ने, चिढाउने के के गर्ने रहेछ कुन्नि सबै यस दाह्रीको पछि लागि पर्दछन्। 
    ताजगीपूर्ण रहेको शरीरलाई ढाकेर म आफ्नो कोठाबाट निस्किएर बैठक कोठामा झर्न लागे। तर झर्दै गर्दा बुवाले मलाई कुनै प्रहरीले अपराधीलाई संकास्पद रूपले नियाले जसरी मलाई हेर्नुभयो। 

    यस्सो के सोफामा बस्न लागेको थिए बहिनी आई र रूखको लहरामा झुन्डिन खोजेझैॅ मेरो दाह्री तानिदिई। 
    "के गरेकी पिटाई खान मन लाग्यो?" भनी प्रश्न गर्न नपाउदैॅ ममीले "ठिक्क पर्यो। खुब पालेछस् नि। नानी किन कुर्नुपर्यो र दशैॅ तिहार त्यही दाह्रीमा पिङ्ग खेल् त" भन्नु भयो। 

    यहाॅ बसेर अपराधीजस्तो दर्जा पाउनुभन्दा चोकसम्म पुगेर पाउरोटी लिएर आउॅछु भनी निस्किए। 
    dari-katha


    गेटबाट बाहिर निस्किए छिमेकी अंकलसॅग भेट भयो। "दाह्रीले बाबुलाई साह्रै बुढो देखियो। काट्ने होइन?" भनी प्रश्न गर्नुभयो। 
    जिन्दगी पनि कस्तो रहेछ। पहिले पहिले सन्चो-बिसन्चो, नयाॅ नौलो, पढाई, यता उता सोध्ने गर्थे सबैले तर अहिले सबैजना ले दाह्री कहिले काट्ने मात्र प्रश्न गर्छन् । 
    मनमा आफ्नो दुःखलाई धेरै बेर नखेलाई अंकललाई जवाफ दिएर त्यहाॅबाट छुट्नु नै ठीक सोचेर
    "बिस्तारै काट्छु अंकल अहिले समय मिलेछैन" भनी त्यहाॅबाट हिॅडे। 

    दाह्री चलाउॅदैआफ्नो सूरमा हिॅड्दै थिए । एकजना साथी भेट भयो । "दाह्री काट्न जान लागिस् क्या?" भनी सोध्यो। 
    म केही नबोली "होइन"को ईसारामा टाउॅको हल्लाएर हिॅडे।

    निराश भएर हिॅड्दै थिए एउटा बच्चाले "बाबा हजुरले पनि त्यस्तै दाह्री पाल्नु न" भनेको बोली कानमा पर्यो र बच्चा तिर हेरे। उसको बुबाले उसलाई "हस्" भनेर प्रतिक्रिया दिनुभयो। बच्चा भगवान्को रूप भन्छन् हो जस्तो पनि लाग्यो तर त्यही बेला केही दिन अघिको घटना याद आयो। 
    घर फर्किदै गर्दा बाटोमा एउटा सानो बच्चा रोयो र उसकी आमाले कस्तो डरलाग्दो भएर हिडेको हो। मेरो बच्चालाई रूवाइदियो भन्दै नानाथरी आरोप लगाउन थालिन्।
    सायद यस समाजमा मेरो दाह्रीको केही स्थान रहेनछ।

    चोकको पसल पुगे अनि "ब्रेड दिनु न " भने। पसलेले ब्लेड दिनुभयो। नमज्जा लाग्यो। हुन त मेरो हुलियाले नै गर्दा उल्टो सुनियो होला। 
    "दाई पत्ती होइन पाउरोटी दिनु।" भनेर पाउरोटी पाउनु अघि नै छेऊमा रहेका सामान लिन आएका मान्छेहरूको हाॅसो सुन्न पाए। 

    चाॅडो चाॅडो त्यहाॅबाट निस्किएर घर जान लागे। घर पनि गएर यही दाह्रीको बारेमा नराम्रो तर्कहरू सुन्न पर्छ बाहिर निस्किउ त मान्छेहरू मेरै दाह्रीको विरूद्धमा उत्रिन्छन्। मैले आफ्नो दाह्रीले तिनीहरूको केही हानी नगर्दा पनि मेरै दाह्रीको पछि सबैजसो किन लाग्छन्? 

    मान्छेहरू अरूको खुशी के मा छ नसोची बोल्दछन्। मलाई खुशी त दाह्री पाल्नुमा भएर मैले पालेको हुॅ, कहाॅ अरूले काॅट भन्छन् अनि काट्छु सोचेर पालेको हुॅ र? मेरो दाह्रीको प्रशंसा गरून् या विरोध गरून् भनेर पनि त पालेको दाह्री होइन नि। मेरो गालामा पलाएको सानो दाह्री मसॅग नै म जसरी स्वतन्त्र रूपमा कहिल्यै बढ्ने भएन।  

    कोही भन्छन् सबै काॅट कोही भन्छन् हल्का राख्न कोही भन्छन् मज्जाले पाल त कोही भन्छन् कहिल्यै नसुनेको स्टाइलले काॅट। 
    बिचरा मेरो दाह्री स्टाइल चाहिने सबैलाई नानाथरी।
    dari-katha


    मान्छेहरू अरूको ईच्छा, खुशी विपरीत कति सजिलै बोलिदिन्छन् तर उनीहरूलाई त्यसरी नै भनी दिए नराम्रो मान्छन्। आफ्नो ईच्छा र आफूलाई खुशी लाग्ने कार्य गर्नुपर्छ तर मर्यादामा रहेर, अरूलाई खासै हानी नहुने गरेर । बिचरा मेरो दाह्री न कसैको हानी गरेको छ, आफू सधैॅ मेरै गालामा रहेर आफ्नो मर्यादामा नै त रहेको छ। 

    मान्छेहरूको कति ईच्छा खुशीहरू मेरो दाह्रीले पाएको नराम्रो आलोचनाले जसरी उनीहरूको ईच्छाहरू पूरा भएन होला तर यति याद गर्नु कि अरूलाई तपाईको कारणले खासै हानी नहोस् र तपाईहरू मर्यादित भएर आफ्नो कार्यमा लागिरहनु। दुनियाॅको काम त के नै हो र? अरेको आलोचनामा लागिपर्ने त हो। 

    म दिनमा हजारौॅ दाह्री विरोधीसॅग ठोक्किए पनि त्यस दिनमा ठोक्किएको एक दाह्री समर्थकले मेरा सबै कुरा, सोचलाई सामान्य बनाइदिन्छ। 

    सायद यस दाह्रीको नकरात्मक विश्लेषण नआउने भए सकरात्मक कुराले त्यति फरक पर्दैन थियो होला तर दाह्री प्रतिको हजारौ नकरात्मक वर्षिएको वर्षालाई सकरात्मक छाताले मलाई भिज्न नदिएर आनन्द दिलाउॅछ र मेरो गालामा दाह्रीलाई बचाई राख्दछ।

    देखेर मेरो दाह्री
    बोल्छन् अरू मनपरी
    बिचरा मेरो दुःखसुखको साथी; 
    प्रिय दाह्री।

    Follow @_fenu229_ on instagram !

    Friday, June 19, 2020

    जन्मदिनको अगाध सम्झना

    फिनु
    जिन्दगी भनेको कहिले खुशी त कहिले दुःख नै त हो। खुशी र दुःखका क्षणले नै त मान्छेलाई बाॅच्ने साहारा दिने हो। आफूले त्यस खुशी र दुःखलाई कतिको सहन सकिन्छ, रमाउन सकिन्छ भन्ने नै त हो।

    ऊसॅग को पहिलो भेटले मनमा अनेकौॅ तरङ्ग ल्याइदिनुका साथै ऊसॅग बोल्दै जाॅदा झनै ऊप्रति मेरो भावना बढ्दै गएको थियो। उसले मलाई कस्तो नजरले हेर्ने गर्थ्यो मलाई थाहा थिएन तर मैले ऊप्रति प्रेमको भावना मनमा जगाए पनि त्यसलाई मित्रताको मुखौटाले बेरिदिएकी थिए।

    जन्मदिन लगभग सबैलाई खास हुने नै गर्दछ तर मलाई मेरो १९औं जन्मदिन झनै खास लागेको थियो। मलाई जन्मदिनको शुभकामना दिने, थरीथरीका राम्रा उपहार दिनेहरूको माझमा उसको शुभकामना रूपि प्रेमप्रस्ताव र गिफ्टको रूपमा रहेको त्यो लकेटले खुशी दिएको थियो।

    birthday-story



    सेकेण्ड हुदैॅ मिनेट भएर घण्टौॅ पुगी दिन कटाउॅदै वर्षौमा पाइला टेक्दा अनेकौॅ बाधाअर्जन र दुःख सुखमा एकअर्काको साथ दिदैॅ ५औं वर्षमा पुग्न लागेका थियौॅ।

    ५औं वर्षमा प्रस्थान गरेको दिन थियो। प्रेम व्यवहार देखिने समयबाट प्रेम स्वीकार गरेर हिजोको समयसम्म हरेक क्षण साथमा रहिरहने बोलिरहने हामीबीच आज न एक शब्द साट्टिएको थियो न यी रोगी ऑखा र मनले औषधिरूपी
    उसलाई देख्न, महसुस नै गर्न पाएको थियो। कतिको जन्मदिनको शुभकामना, गिफ्ट आएको थियो। त्यही पनि मलाई मतलब भनेको ऊ किन गायब छ भन्ने कुराको थियो। पछिल्लो समयको जन्मदिन तथा हाम्रो मायाको पनि उत्सव मनाएको याद गर्दै बसे। उसले केही सप्राईज प्लान गर्दै होला भनी मन बुझाए तर यो अतालिएको मन कति थामियोस्? कति फोन म्यासेज गरे केही प्रतिक्रिया छैन। उसको साथीलाई फोन गरे। उसको साथीले "ऊ त घर गयो।आज उसको बाबा ममी आउनुभएको थियो, सबै सामान लिएर कलेज छोड्ने तरीकाले ऊ गयो" भनेर भन्दा एकदम अचम्मित परे।

    ब्याचलर पढ्ने समयदेखि नै म त मास्टर्स पढ्दिन भन्ने गर्थ्यो यही कुरा सम्झिए। यो कारण भएपनि एकपटक भन्न पर्ने हो झन् आज यस्तो महत्तवपूर्ण दिन हो। उसको फोन आउॅछ कि भनी मोबाइल हेर्दै बसे।

    मोबाइल हेर्दाहेर्दै रात बितेर सुनौलो बिहानीको सुरूवात भए पनि मेरो जिन्दगी कालो रात नै रहेको थियो। आज पनि ऊबाट केही खबर आउॅछ कि भनेर मोबाइल हेरे। अहॅ केही आएन।

    उसको खबर आउॅछ कि भनेर कुर्दै बस्थे केही आएन। बेलाबेला केही दिन पढाई छोडी उसको घर जाऊ कि सोचे तर घर जाने ऑट आएन।

    न उसको मलाई प्रत्यक्ष केही खबर आयो न मलाई उसको घर जाने ऑट आयो सिर्फ आयो त अरूको मार्फत उसको बिहेको फोटो जुनचाहिॅ साथीहरूले अब तिमी उसको बारेमा धेरै नसोच भनी देखाएका थिए। मन टुक्राटुक्रा भएको थियो। आफू सम्हालिन गार्हो भएको थियो। त्यो प्रेम के झुटो थियो र? त्यो समय के झुटो थियो र? किन एक वचन केही नभनी ऊ यसरी गयो? यस्ता प्रश्नले घेरिएकी म केही सोच्न सकेकी थिइन। सपनामा छु भन्ने लागिरहेको थियो।

    जुन जन्मदिनले हामीलाई नजिकाएको थियो त्यही जन्मदिनले आज टाढा बनाएको छ। के गर्ने कसो गर्ने केही मेसो नपाएकी मैले जसोतसो पढाइ सके। पढाइ सकी घर जाॅदा बिहे के के को कुरा गरेकाले म घरबाट टाढा अर्कै सहर कामको शिलशिलाको बहानाले पुगे।

    ऊसॅग छुट्टिएको पनि २ वर्ष भएको थियो। यो जन्मदिनले सधैॅ यो मनलाई बिजाइरहेको हुन्थ्यो। मन नभई नभई साथीहरूको करले जन्मदिन मनाउन भनी हामी एउटा रेस्टुरेण्टमा बसेका थियौ। त्यहाॅबाट निस्किने क्रममा छेउमा रहेको केक पसलमा मैले उसलाई देखें। उसलाई देख्नासाथ ऑखा ऑसुले भरिए। म केही बोल्न सकेकी थिइन। उसको नजिक गए र उसको अंगालोमा बाॅधिए। उसले पनि मलाई आफ्नो अंगालोमा बाॅध्यो।

    केही समयमा आफूलाई सम्हाल्दै त्यस अंगालोबाट आफूलाई छुटाए। उसलाई हेरेको उसको ऑखा पनि आसुले भरिएका रहेछन् तर मुहारमा छुट्टै चमक थियो। उसको छेउमा ऑखा गयो सायद उसको श्रीमती थिइन् होला। ऑखा झन् भरिएर आसुका बाढी आए र म त्यहाॅबाट उसलाई, साथीलाई जान्छु नभनी निस्किए।

    nepali-janmadin-katha




    घर पुगेर कोठाभित्र आफू थुनिएर रूदैॅ बसे। नचिनेको नम्बरबाट फोन आयो, उठाइन। फेरी आयो उठाइन। केही समयपछि फेरी आयो र केही काम परेर नै होला सोचेर उठाए ।
    म : हेलो।
    उताबाट : हेलो! तिमीले मलाई चिन्छौ कि नाई थाहा छैन। तिमी र ऊ बीच के थियो थिएन मलाई थाहाछैन तर आज तिमीलाई देखेपश्चात मैले उसलाई हाम्रो बिहेको दिनदेखी बल्ल आज खुशी भएको देखेको छु नत्र त सधैॅ कुन दुनियाॅमा हराउॅथ्यो।

    यी कुरा सुनेपछि उसकी श्रीमती हुनपर्छ भन्ने भएको थियो। बिहेको दिनदेखी बल्ल आज खुशी देखेको भन्नुको मतलब के हो र? यो प्रश्नले मलाई खाएको थियो।

    म : आज बल्ल खुशी देखे भन्नाले?
    उताबाट : उम्म्, आज बल्ल खुशी देखेको छु। सायद हाम्रो बिहे उसको इच्छा विपरीत थियो की ऊ कहिल्यै आफ्नो बुबा ममीसॅग राम्ररी बोल्दैन। मसॅग कहिले काही बोल्छ कहिले अंगालोमा बाॅधेर रून्छ।

    यो सुनेपश्चात मलाई झनै रून मन लागेको थियो।" मलाई यस विषयमा केही कुरा गर्नु छैन" भनी फोन राखे।

    म रूदै बसे। प्रेमको सुरूवातमा त्यस्तो खुशी रहेकी म हामी छुट्टिएपछि कति पिडा, ऑसुमा छट्पटिएको थिए। प्रेमले अगाध खुशीका साथै त्यतिकै पीडा दिने रहेछ।
    रूदाॅरूदैॅ निदाएछु।

    ब्यूझिॅएछु। बिहानी भइसकेरहेछ। फ्रेस भई मोबाइल हेरे हिजोको नम्बरबाट १५ मिस्ड कल आएको रहेछ।
    त्यत्रो पटक फोन गरेकाले कल ब्याक गरे।

    फोन उठ्यो।
    रून्चे आवाजमा "दु:खको भूमरीमा परेको ऊ खुशीको क्षणमा आफ्नो प्राण त्याग्न पुग्यो।" भन्ने बोली सुने।
    बज्रपात परेजस्तो भयो। म केही प्रश्न गर्न सकेकी थिइन्। पछाडी रहेको बेडमा ठच्च बस्न पुगेछु।
    "हिजो ऊ निकै खुशी थियो। सबैजना माथि छतमा थियौ। सधै दु:खी भएर रक्सी पिउने उसले आज खुशी भएर पिएको थियो।  हामी पनि त्यहाॅ गफ गर्दै थियौ र गफ गर्दै गर्दा उसको मुखबाट दर्दनाक आवाज सुनियो। ऊ चिप्लिएछ कि कुन्नी। (रूदैॅ) उसले आफ्नो अन्तिम सास सम्म पनि तिम्रो नाम जप्दै थियो। तिमीलाई फोन गर्दा तिमीले उठाइनौ।"
    यो सुन्दा आफ्नो ऑखाबाट ऑसु खसेको गति तीव्ररूपमा बढेको महसुस गरे।

    उसको शरीर देख्नको निम्ति उसको घर पुगे। ज्यादै रूवाॅबासी थियो। उसको बाबा ममीले मलाई त्यस भीडमि देख्नुभयो। उसको बुबा मेरो नजिक आउनुभयो र " मलाई माफ गरिदेऊ। सायद त्यस दिन उसको कुरा सुनेको भए तीनजनाको जीवन मैले बर्बाद गर्न पुग्दिनथे होला। यो सबको दोषी मै हुॅ।" भन्दै ऑसु पुछ्नुभयो। "मैले गर्दा त्यत्रो समय अन्धकारमा रहेको उसको जीवनमा तिमीसॅग भएको भेटले दिएको खुशी सायद दैवले देखिसहन सकेनन्" भन्दै जानुभयो।

    म केही ऑट गरेर उसलाई हेरेर ऊसॅग बिताएका कयौॅ यादहरूलाई सम्झिदै आफूलाई ऑसुको पोखरीमा डुबाए। उसको शरीर समाएर म झन् रून थाले।

    परिस्थिति कसको, कहाॅ, कस्तो हुन्छ थाहाहुदैन रहेछ। हाम्रो बिछोडपछिको २ वर्ष उसले छोडेर गयो, उसले धोका दियो भन्ने कुराले मलाई दिनरात तड्पाउथ्यो। म जति दुखी थिए त्यसरी नै ऊ पनि दुःखलाई अंगालेर हिॅडीरहेको रहेछ।

    जन्मदिनले सबैलाई खुशी दिन्छ भन्ने कहाॅ छ र?
    जन्मदिनमा नै उसले राखेको प्रेमप्रस्तावले सुरू भएको हाम्रो प्रेम कहानीको जन्मदिनमा नै दुईजनाको इच्छाबिना मनदेखि सम्बन्ध नटुटे पनि बाहिरी रूपमा टुटेर फेरी जन्मदिनमा नै भेट गराएर जन्मदिनमा नै अन्तिम भेट गरायो।

    आज हरेक जन्मदिनमा मसॅग छ त केबल उसको यादहरू...

    Idea : Neelu

    Follow @_fenu229_ on instagram !

    Saturday, June 13, 2020

    समाजले दिएको उपनाम "वेश्या"

    फिनु
    "ला, तॅ मनपर्यो। फेरी पनि आउॅछु।" भन्दै एक अर्धवैशे पुरूषले पैसा म तिर फाल्यो।

    सूर्यको किरण र बत्तीले उज्यालो बनाइदिने यस कोठाभित्र सधैॅ आत्तिएर अन्धकार जीवन बिताएर बस्ने मलाई आफ्नो पीडा पोख्न मिल्ने ठाऊ कही थिएन। मलाई बुझ्नु मेरो कुरा सुनिदिनु टाढैॅ जाओस् यस्ता व्यक्ति आएर म माथि अरूको रिस पोख्दै, मलाई के के गराएर मलाई पीडा दिदैॅ मबाट आफूले मज्जा लिई जाने गर्दछन्।

    (लामो सास फेरे)
    आफ्नो शुद्धजस्तो यस समाजले बनाइदिएको अशुद्ध शरीरलाई ढाॅकेर ढोका बन्द गरिदिए। अघि त्यस पुरूषले दिएको पैसा बिस्ताराबाट उठाएर टेबुलमा राखिदिॅए।

    सधैॅ कोही केटा आएर मलाई यहाॅ यसरी आफ्नो खेलाउना जसरी आफूले शोषण गर्न सक्ने दासी जसरी मलाई यस कोठाभित्र आफ्नो इच्छा नभई नभई पनि मजबुरीको रूपमा ईच्छा भएको जसरी मलाई पटक पटक पीडा दिने यस असल समाजका व्यक्तिहरू गएपछि म मेरा पूराना दिनहरू याद गर्ने गर्दछु।

    मेरो पनि पहिले कति रमाइलो जिन्दगी थियो। त्यो बाल्यकाल... गाउॅमा हुदाॅ बुबा, आमा, म र बहिनी कति खुशी भएर बस्ने गर्थ्यौ। आफ्नै गाउॅमा आफ्नै मेहेनतले कति खुशीले यस असल समाजको दर्जा पाएर बसेका थियौ।

    त्यसदिन किन मलाई त्यो च्याउ खान दिएनौ भगवान् भन्दै ऑखाबाट ऑसु बर्बर्ती खसाल्ने गर्दछु। किन म बिचरीलाई एक्लो बनाएर सबै कुराले सम्पन्न, हामी सबैले पूज्ने तिमी दैवले, मेरा बुबा, आमा, बहिनीलाई म बाट टाढा लगिदियौ?
    किन त्यसदिन मलाई त्यो च्याउ खान मन छैन भनेर भात दाल र दुधमात्र खुवाएर सुतायौ?
    किन हाम्रो त्यस रमणीय परिवारको जिन्दगीलाई एउटा गाडी र अस्पतालको पहुॅचबाट वञ्चित गरायौ?

    सायद म पनि केही सपना बोकेर अघि हिड्न खोजेकी मान्छे थिए होला नि होइन र? किन त्यस्तो शुद्ध मलाई यस्तो विशुद्ध रूपमा हेर्ने नर्करूपी पेशामा लागिपर्न किन बाॅध्य गरायौ।

    गाउॅ हुदाॅ आफ्नै जस्तो गरिदिने त्यस दिदीलाई यहाॅ सहरिया भएपछि मलाई बिर्सिन्छन् भन्ने कुरा मलाई किन बताइदिएनौ? म त्यही दिदीको आशाले किन यहाॅ आउॅथे र !
    हुन त दिदीको पनि के दोस हो र ! उहाॅले त फोनमा हुन्छ आऊ म बसपार्क लिन आउॅछु भनी बोलाउनुभएको थियो। तर म सहर आइपुगेपछि उहाॅको नम्बर सम्पर्कमा आउदैन भन्ने कहाॅ सोच्न सकेकी थिए र?

    म पनि इज्जतका साथ यहाॅ काम गरेर आफ्नो जीविका चलाउन सक्थे होला नि, होइन र? त्यही सोचले त जसोतसो एउटा होटलमा भाॅडा माझ्ने काम गरेर आफ्नो कामको सुरूवात गरे। तर के थाहा थियो र त्यही होटलको दाइ भन्ने पापीले आफ्नो बुढी हुॅदाहुॅदै पनि म र त्यो पापी मात्र हुने क्षणको प्रतीक्षा गर्दै सुरूदेखि नै मलाई गिद्दे नजरले हेरिरहेका रहेछन्।

    मेरो व्यथा सुनाउन म कहाॅ जाने? पुलिस प्रशासन जाऊ भने होटलको त्यस पहुचवालाले डर त्रास देखाउन कहिल्यै पछि परेन। त्यस सहरमा मैले चिनेको भन्ने त्यही एक दिदी थिइन् उनको पनि अत्तोपत्तो थिएन।

    त्यस्तो कति मौका छोपी मलाई विशुद्ध बनाइदिएका त्यस पापीको होटलबाट म भागे । भागेर जाऊ त कहाॅ जाऊ? राम्रो खोल ओढेको यस समाज भित्रका त्यस्ता व्यक्तिलाई त मैले बुझिसकेको थिए।

    मै हुॅ भन्ने, समाजसुधारको खोलले ढाॅकेर हिड्ने, यौन शोषण, दीन दुःखीको सहयोग भन्दै अघि बढेका कति व्यक्तिले पनि (टेबलको पैसा हेर्दै हाॅसेर) सायद मलाई यसरी नै सहयोग गरेछन् होला।

    मन त कसलाई जन्मिदैॅ यसरी यस्तो पेशामा लाग्छु भन्ने हुन्छ र? म काम नपाएर बाध्य भएको मान्छे पनि त होइन नि। जहाॅ काम गर्न गएपनि मेरो शरीरको बनोटले होकी के हो जहाॅ गएपनि मलाई त्यस्तै गर्न पुग्थे।
    केटाहरू मात्र नभई यस सहरमा विश्वास जितेकी काम र बस्न ठाउॅ दिएकी एउटी महिलाले त्यस कोठाको डुब्लिकेट चाबी कयौॅ केटाहरूलाई दिदैॅ पैसा उठाउने गरेकी थिइन्। त्यसैले त जहाॅ गएपनि यही रहेछ मेरो जिन्दगी भन्दै यही बस्न बाध्य भए।
    म मात्र हो की सायद अरू हरू पनि यसरी यो पेशामा लाग्न पुगेका हुन् थाहा छैन तर यो पेशामा म खुशीखुशी लागेको होइन।

    मलाई यस समाजसॅग केही गुनासो छैन किनकी समाज त सदैव राम्रो हो र यस समाजमा बसेर अनेकौॅ तर्क दिइराख्ने मान्छे झन् बढी राम्रा हुन्। सायद तिनीहरू पनि यस्तो अवस्थामा आफूलाई पाए समाजले मलाई हेर्ने दृस्टिकोणमा फरक ल्याउदैन थिए होलान् र? अचानाको पिर खुकुरीले कहाॅ जान्दछ र? सायद म पनि यस ठाउॅमा नभएको भए म लगायत  कयौॅ अरू यसरी बाध्यता भई बस्नुपरेको अवस्थालाई महसुस गर्न कहाॅ सक्थे र?
    मैले पनि यिनीहरूलाई छ्या भन्दै घृणा गर्न त पुग्दथे होला।

    म मेरो शरीरको बनोटलाई दोष दिऊ कि मेरो कपडाको लगाइलाई दिऊ कि यस समाजमा बस्ने कयौॅ त्यस्ता असल खोल ओढेका मानिसलाई दोष दिऊ? दोष दिएर पनि के गरूॅ? मेरो शरीर र लाज छोप्न सहयोग गर्न नसकेको यो राम्रो समाजले मलाई वेश्याको उपनाम दिएर मलाई घृणा गर्दै आफूलाई एकदम ज्ञानी सोच्ने गर्दछ।

    आफूलाई मर्यादित बनाउन नसकेको यस समाजलाई चलाउने र चल्ने व्यक्तिको कारणले होला र म यस्तो अवस्थामा पुगेकी?

    सायद म विशुद्ध थिए कि यो समाजको सोच त्यस्तो थियो कि यस समाजलाई चलाउने बुद्धिजीविहरू थाहा थिएन तर मैले उद्धार पाएको भए आज म छुट्टै जिन्दगी बाॅचीराख्दथे होला।

    आफूलाई राम्रो, बुद्धिजीवि, एकदम शुद्ध सोच्ने यस समाजका व्यक्तिहरूले यस अशुद्ध शरीरलाई झन अशुद्ध बनाइदिएर गएपछि केही हदसम्म त आफू पखालिन पर्यो नि। (रूमाल र फेर्ने कपडा लिएर बाथरूम गए।)
    besya-katha



    Saturday, June 6, 2020

    प्रेमरूपी वर्षाको पानी

    फिनु

    टन्टलापूर्ण घाममा तातिदैॅ घर फर्किनको निम्ति चाॅडो चाॅडो चलेका ती पाइलाहरू घर पुग्नु अघि नै सिमसिम पानीमा रमाउदैॅ हिडेको मेरो पाइलाको गति दरकेको पानीले रोक्किए । अलि अघि घामबाट बच्नको निम्ति प्रयोगमा आएका ती छाताहरू अहिले पानीबाट बच्न प्रयोगमा आएको छ । मसॅग न छाता छ न त छाता ओढाउने कोही नै त्यसैले रोक्किएको त्यस पसलमा रहेको मुढामा बसे।
    ममीले घरमा " पोखराको मौसमको भर छैन । छाता लिएर जा है !" भन्नुभएको कुरा याद आइरहेछ ।

    पसलमा म र एकजना पसले दाई मात्र थियौ। दाईलाई चुरोट दिनु भनी आग्रह गरे । यदी चुरोट खान नमिल्ने भए दिने बेलामा नै यहाॅ नखाऊ भन्नुहुन्थ्यो होला तर केही पनि रोकतोक नगर्नु भएकाले झुन्डिरहेको लाइटरको सहयोगले मैले चुरोट सल्काए ।

    यस्तो मौसम भएर होला चिया खान मन लागेको थियो ।
    आज घामपानीको निम्ति मेरो सारथी छाताको कमी थियो त यो चुरोटलाई यसको सारथी चियाको कमी ! सायद मेरो जिन्दगीमा सबै कुरा कै कमी रहेछ कि के हो उनको साथको पनि कमी नै थियो।

    वरीपरीको वातावरण र चुरोटको धुवाॅ तान्दै हराउन पुगेको थिए । यो शरीरमा पानीको छिर्कन आएको महसुस भयो । छेऊतिर यी ऑखा पल्टाउॅदा भरखर तानेको त्यस चुरोटको धुवाॅ सर्किन पुग्यो, हातमा काडा उम्रिएझैॅ महसुस भयो त यो धड्कनको गति पनि तेज भएको महसुस भयो। मैले खोकेको सुनेर सायद के भएछ सोचेर पसलको दाईले उठेर हेर्नुभयो । दाई पानीको बोतल लिएर मलाई समाउन आइपुग्नुभयो।
    एकछिनमा पानी पिएॅ । बल्लतल्ल सम्हालिएको त्यस भौतिक शरीरको भित्र खै कहाॅबाट अनेकौॅ भावना उब्जिएका थिए, के ले उब्जाएका थाए र किन थाहाथिएन तर त्यसलाई सम्हाल्नको निम्ति यी ऑखाहरूलाई छेउमा हेर्न मस्तिष्कले निर्देशन दिईरहेको थियो।
    यी ऑखाहरू आत्तिएको मनलाई राहत दिन र मस्तिष्कको निर्देशन मानेको स्वरूप उतातिर पल्टिए।

    मेरा ऑखा उनलाई हेरी आफूलाई थाम्न नसके जसरी सायद उनको छाताले पनि त्यो दरकिएको पानीलाई थाम्न नसकेर होला उनको कपाल लगाएत जिउॅ ढाकिएका ती कपडाहरू भिज्न पुगेका थिए।

    अघि छाता बन्द गर्न लागेका उनका ती ट्याटु कोपिएका गोरा गोरा हात अहिले उनको हल्का भिजेका ती कपाल मिलाउन ब्यस्त थिए । त्यो भिजेको केशबाट पानी तर्किदैॅ उनको निधारबाट यात्रा शुरू गर्दै उनको त्यो थ्रेडिङ्ग गरिएको मसिना आखीभौॅलाई पार गर्दै ऑखामा पुगेको थियो । त्यस पानीको थोपाले गर्दा होला गाजलले ढाकिएका उनको गाजलु ऑखा झिमझिम गर्न थाले । उनका ती ऑखामा बिझाउॅन पुगेका ती पानीको थोपाहरूलाई आफैले हटाइदिऊ कि भएको थियो।
    कपाल सम्हालु कि बिझाएका ऑखालाई पुछ्ने भनी अलमलमा रहेकी उनले हत्तरपत्तर झोलाबाट रूमाल झिकेर ऑखामा ढप्प ढप्प पारीन्। सायद उनको प्राकृतिक रङ्ग नै सेतो रहेका कारणले होला मेकअप थियो कि अझै छ भन्ने कुराको अत्तोपत्तो थिएन।

    ऑखालाई राहत दिएको त्यस रूमाललाई उनले आफूले लगाएको घुडा तिर गरिएको ग्रन्च पाइन्ट भित्र हालेर फेरी कपाल मिलाउन लागिन्। अघि ऑखासम्म यात्रा गरेको त्यही पानीको थोपाको मित्र थियो कि नाई थाहा छैन तर बैजनी रङ्गले ढाकिएको उन्को त्यो ओठलाई स्पर्श गरेको त्यह पानीको थोपा देखेर कता कता मन खिन्न भएको थियो।
    कपाल त्यतिकै छोडिदिएर उनले आफूले लगाएको जिन्सको ज्याकेटमा अड्काइएको आफ्नो काॅटा झिकेर ब्यागमा राखिन्।
    उनलाई मैले दाया पट्टिबाट मात्र देख्न पाएको थिए ।
    उनको पहिरन, हातको ट्याटु र कानमा दुई तीन ठाऊमा छेडिएर लगाइएको टपले गर्दा उनी अल्लि फरक किसिमको लागेको थियो।

    मैले उनलाई एकोहोरो हेरिरहेको महसुस गरे। उनको पहिरनका कारण चुरोट खाएपनि उनलाई खासै फरक नपर्ला सायद बिन्दास होलीन् त्यही पनि पहिलो इम्प्रेसन नै चुरोटले सर्को परीसकेको छ के नै भयो र भन्दै चुरोट मागेर तान्दै बसे ।

    चुरोट तान्दै म उनलाई छड्के नजरले हेर्दै थिएॅ। उनले बेलाबेलामा मुख बिगारेको पनि याद गरेको थिए। उनलाई सायद चुरोट खाने केटा मनपर्दैन थियो कि ? हुन त कोही केटीहरू लाई चुरोट खान मनपर्छ त कोहीलाई चुरोटको धुवाॅसॅग नै एलर्जी हुन्छ।

    चुरोट तानेर सक्नु अघि नै पानी बिदो हुन लाग्यो। "चुरोटले अघि त्यसरी खोकी लागेपछि किन खानुपर्छ  र!" भन्दै छेउमा रहेको छाता लिएर उनी हिडिन्।
    म त्यो सुनेपछि केही जवाफ या प्रतिक्रिया दिन सकेको थिइन। अनेकौ भावनाले आत्यिएको मेरो मन झन त्यो सुनेपछि अझ आत्तिन थाल्यो।

    दुई औलाको बीचमा च्यापिरहेको त्यो चुरोटलाई भुईमा फालेर खुट्ट्ले कुल्चिदैॅ अगाडि हेरे। उनी निकै टाढा पुगिसकेकी रहेछिन्। उनलाई जवाफ दिन मसॅग केही शब्द नै थिएन।

    सायद मेरो जिन्दगीमा केही नकेही कुराको कमी हुने भएका कारणले होला न उनलाई पूर्ण रूपमा देख्न पाए न त जवाफ नै दिन सके।

    "सर, हजुरले अहिले पनि चुरोट खानुहुन्छ?" एकजना विद्यार्थीले प्रश्न गर्यो ।
    म हाॅसे ।
    " उनले त्यो छाता झड्काएर मेरो शरीरमा आएका पानीको थोपाको स्पर्शले सायद अब चुरोटको मज्जाले लत बस्नु अघि नै त्यसलाई त्यागिदेऊ भनी उनलाई देखेर सर्किन पुगेको हो कि सोचेर त्यसदिन बाट छाडिदिए।" भने ।
    "अनि त्यो केटीसॅग भेट भयो कि नाई त? " फेरी प्रश्न आयो।
    "पढाईको कुरा यसरी त कहिल्यै सोध्दैन थियौ त तिमीहरू" भन्दै हाॅसे।
    "नाई, आजसम्म भएको छैन।
    ल क्लास पनि सक्कियो। भोलि नयाॅ टपिक" भन्दै क्लासबाट निस्किए।

    जिन्दगीमा अनेकौॅ मान्छेसॅग भेट हुन्छ। कयौॅ मान्छेसॅग फरकफरक किसिमको भेट हुने गर्दछ । भेटको समय चाहे धेरै होस् या थोरै होस् त्यस भेटले आफ्नो जिन्दगीलाई कहाॅबाट कहाॅ पुराई के पाठ सिकाउछ भन्ने कुराले मतलव राख्दछ।

    चुरोटको भूमरीमा परी सायद आज के के खादैॅ बाटोमा लड्न पुग्ने म आज एक विद्यालयको शिक्षक बनी आफ्नो जिन्दगीको यात्रामा अघि बढेको छु।
    पहिरन र आवरणले बानीलाई झल्काउॅछ भन्ने मेरो भ्रमलाई चिर्दै उनी त्यस केही मिनेटको भेटबाट मेरो जिन्दगीमा आजसम्म गायब नै छिन्।

    follow @_fenu229_ on instagram for more !

    nepali-prem-katha