• Saturday, June 13, 2020

    समाजले दिएको उपनाम "वेश्या"

    "ला, तॅ मनपर्यो। फेरी पनि आउॅछु।" भन्दै एक अर्धवैशे पुरूषले पैसा म तिर फाल्यो।

    सूर्यको किरण र बत्तीले उज्यालो बनाइदिने यस कोठाभित्र सधैॅ आत्तिएर अन्धकार जीवन बिताएर बस्ने मलाई आफ्नो पीडा पोख्न मिल्ने ठाऊ कही थिएन। मलाई बुझ्नु मेरो कुरा सुनिदिनु टाढैॅ जाओस् यस्ता व्यक्ति आएर म माथि अरूको रिस पोख्दै, मलाई के के गराएर मलाई पीडा दिदैॅ मबाट आफूले मज्जा लिई जाने गर्दछन्।

    (लामो सास फेरे)
    आफ्नो शुद्धजस्तो यस समाजले बनाइदिएको अशुद्ध शरीरलाई ढाॅकेर ढोका बन्द गरिदिए। अघि त्यस पुरूषले दिएको पैसा बिस्ताराबाट उठाएर टेबुलमा राखिदिॅए।

    सधैॅ कोही केटा आएर मलाई यहाॅ यसरी आफ्नो खेलाउना जसरी आफूले शोषण गर्न सक्ने दासी जसरी मलाई यस कोठाभित्र आफ्नो इच्छा नभई नभई पनि मजबुरीको रूपमा ईच्छा भएको जसरी मलाई पटक पटक पीडा दिने यस असल समाजका व्यक्तिहरू गएपछि म मेरा पूराना दिनहरू याद गर्ने गर्दछु।

    मेरो पनि पहिले कति रमाइलो जिन्दगी थियो। त्यो बाल्यकाल... गाउॅमा हुदाॅ बुबा, आमा, म र बहिनी कति खुशी भएर बस्ने गर्थ्यौ। आफ्नै गाउॅमा आफ्नै मेहेनतले कति खुशीले यस असल समाजको दर्जा पाएर बसेका थियौ।

    त्यसदिन किन मलाई त्यो च्याउ खान दिएनौ भगवान् भन्दै ऑखाबाट ऑसु बर्बर्ती खसाल्ने गर्दछु। किन म बिचरीलाई एक्लो बनाएर सबै कुराले सम्पन्न, हामी सबैले पूज्ने तिमी दैवले, मेरा बुबा, आमा, बहिनीलाई म बाट टाढा लगिदियौ?
    किन त्यसदिन मलाई त्यो च्याउ खान मन छैन भनेर भात दाल र दुधमात्र खुवाएर सुतायौ?
    किन हाम्रो त्यस रमणीय परिवारको जिन्दगीलाई एउटा गाडी र अस्पतालको पहुॅचबाट वञ्चित गरायौ?

    सायद म पनि केही सपना बोकेर अघि हिड्न खोजेकी मान्छे थिए होला नि होइन र? किन त्यस्तो शुद्ध मलाई यस्तो विशुद्ध रूपमा हेर्ने नर्करूपी पेशामा लागिपर्न किन बाॅध्य गरायौ।

    गाउॅ हुदाॅ आफ्नै जस्तो गरिदिने त्यस दिदीलाई यहाॅ सहरिया भएपछि मलाई बिर्सिन्छन् भन्ने कुरा मलाई किन बताइदिएनौ? म त्यही दिदीको आशाले किन यहाॅ आउॅथे र !
    हुन त दिदीको पनि के दोस हो र ! उहाॅले त फोनमा हुन्छ आऊ म बसपार्क लिन आउॅछु भनी बोलाउनुभएको थियो। तर म सहर आइपुगेपछि उहाॅको नम्बर सम्पर्कमा आउदैन भन्ने कहाॅ सोच्न सकेकी थिए र?

    म पनि इज्जतका साथ यहाॅ काम गरेर आफ्नो जीविका चलाउन सक्थे होला नि, होइन र? त्यही सोचले त जसोतसो एउटा होटलमा भाॅडा माझ्ने काम गरेर आफ्नो कामको सुरूवात गरे। तर के थाहा थियो र त्यही होटलको दाइ भन्ने पापीले आफ्नो बुढी हुॅदाहुॅदै पनि म र त्यो पापी मात्र हुने क्षणको प्रतीक्षा गर्दै सुरूदेखि नै मलाई गिद्दे नजरले हेरिरहेका रहेछन्।

    मेरो व्यथा सुनाउन म कहाॅ जाने? पुलिस प्रशासन जाऊ भने होटलको त्यस पहुचवालाले डर त्रास देखाउन कहिल्यै पछि परेन। त्यस सहरमा मैले चिनेको भन्ने त्यही एक दिदी थिइन् उनको पनि अत्तोपत्तो थिएन।

    त्यस्तो कति मौका छोपी मलाई विशुद्ध बनाइदिएका त्यस पापीको होटलबाट म भागे । भागेर जाऊ त कहाॅ जाऊ? राम्रो खोल ओढेको यस समाज भित्रका त्यस्ता व्यक्तिलाई त मैले बुझिसकेको थिए।

    मै हुॅ भन्ने, समाजसुधारको खोलले ढाॅकेर हिड्ने, यौन शोषण, दीन दुःखीको सहयोग भन्दै अघि बढेका कति व्यक्तिले पनि (टेबलको पैसा हेर्दै हाॅसेर) सायद मलाई यसरी नै सहयोग गरेछन् होला।

    मन त कसलाई जन्मिदैॅ यसरी यस्तो पेशामा लाग्छु भन्ने हुन्छ र? म काम नपाएर बाध्य भएको मान्छे पनि त होइन नि। जहाॅ काम गर्न गएपनि मेरो शरीरको बनोटले होकी के हो जहाॅ गएपनि मलाई त्यस्तै गर्न पुग्थे।
    केटाहरू मात्र नभई यस सहरमा विश्वास जितेकी काम र बस्न ठाउॅ दिएकी एउटी महिलाले त्यस कोठाको डुब्लिकेट चाबी कयौॅ केटाहरूलाई दिदैॅ पैसा उठाउने गरेकी थिइन्। त्यसैले त जहाॅ गएपनि यही रहेछ मेरो जिन्दगी भन्दै यही बस्न बाध्य भए।
    म मात्र हो की सायद अरू हरू पनि यसरी यो पेशामा लाग्न पुगेका हुन् थाहा छैन तर यो पेशामा म खुशीखुशी लागेको होइन।

    मलाई यस समाजसॅग केही गुनासो छैन किनकी समाज त सदैव राम्रो हो र यस समाजमा बसेर अनेकौॅ तर्क दिइराख्ने मान्छे झन् बढी राम्रा हुन्। सायद तिनीहरू पनि यस्तो अवस्थामा आफूलाई पाए समाजले मलाई हेर्ने दृस्टिकोणमा फरक ल्याउदैन थिए होलान् र? अचानाको पिर खुकुरीले कहाॅ जान्दछ र? सायद म पनि यस ठाउॅमा नभएको भए म लगायत  कयौॅ अरू यसरी बाध्यता भई बस्नुपरेको अवस्थालाई महसुस गर्न कहाॅ सक्थे र?
    मैले पनि यिनीहरूलाई छ्या भन्दै घृणा गर्न त पुग्दथे होला।

    म मेरो शरीरको बनोटलाई दोष दिऊ कि मेरो कपडाको लगाइलाई दिऊ कि यस समाजमा बस्ने कयौॅ त्यस्ता असल खोल ओढेका मानिसलाई दोष दिऊ? दोष दिएर पनि के गरूॅ? मेरो शरीर र लाज छोप्न सहयोग गर्न नसकेको यो राम्रो समाजले मलाई वेश्याको उपनाम दिएर मलाई घृणा गर्दै आफूलाई एकदम ज्ञानी सोच्ने गर्दछ।

    आफूलाई मर्यादित बनाउन नसकेको यस समाजलाई चलाउने र चल्ने व्यक्तिको कारणले होला र म यस्तो अवस्थामा पुगेकी?

    सायद म विशुद्ध थिए कि यो समाजको सोच त्यस्तो थियो कि यस समाजलाई चलाउने बुद्धिजीविहरू थाहा थिएन तर मैले उद्धार पाएको भए आज म छुट्टै जिन्दगी बाॅचीराख्दथे होला।

    आफूलाई राम्रो, बुद्धिजीवि, एकदम शुद्ध सोच्ने यस समाजका व्यक्तिहरूले यस अशुद्ध शरीरलाई झन अशुद्ध बनाइदिएर गएपछि केही हदसम्म त आफू पखालिन पर्यो नि। (रूमाल र फेर्ने कपडा लिएर बाथरूम गए।)
    besya-katha



    फिनु

    Author & Editor

    नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!

    White

    Author & Editor

    Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !

    8 comments:

    1. Aich, dai ta kada kada dina thalnu bbho taw.😂

      ReplyDelete
    2. एउटा पात्रभित्र छिरेर उसको व्यथालाई दुरुस्तै उतारेको छौ । साह्रै राम्रो रचना । Keep it up 🤗

      ReplyDelete
    3. Babbal lekh..���� keep it up fenu.. malai tmi ra tmro lekh ekdam ramro lagxa.. tmle ta malai chindenau tara maile tmlai ekdam najikkai bata chinxu.. dherai maya..���� u r my crush..����

      ReplyDelete
    4. Wonderfully Presented Prashant.keep it up with your workwork !!!

      ReplyDelete
    5. ramro xa tara katai katai words haru lai ajhai ramro tarika le use garna sakinxa jasto lagyo

      ReplyDelete