टन्टलापूर्ण घाममा तातिदैॅ घर फर्किनको निम्ति चाॅडो चाॅडो चलेका ती पाइलाहरू घर पुग्नु अघि नै सिमसिम पानीमा रमाउदैॅ हिडेको मेरो पाइलाको गति दरकेको पानीले रोक्किए । अलि अघि घामबाट बच्नको निम्ति प्रयोगमा आएका ती छाताहरू अहिले पानीबाट बच्न प्रयोगमा आएको छ । मसॅग न छाता छ न त छाता ओढाउने कोही नै त्यसैले रोक्किएको त्यस पसलमा रहेको मुढामा बसे।
ममीले घरमा " पोखराको मौसमको भर छैन । छाता लिएर जा है !" भन्नुभएको कुरा याद आइरहेछ ।
पसलमा म र एकजना पसले दाई मात्र थियौ। दाईलाई चुरोट दिनु भनी आग्रह गरे । यदी चुरोट खान नमिल्ने भए दिने बेलामा नै यहाॅ नखाऊ भन्नुहुन्थ्यो होला तर केही पनि रोकतोक नगर्नु भएकाले झुन्डिरहेको लाइटरको सहयोगले मैले चुरोट सल्काए ।
यस्तो मौसम भएर होला चिया खान मन लागेको थियो ।
आज घामपानीको निम्ति मेरो सारथी छाताको कमी थियो त यो चुरोटलाई यसको सारथी चियाको कमी ! सायद मेरो जिन्दगीमा सबै कुरा कै कमी रहेछ कि के हो उनको साथको पनि कमी नै थियो।
वरीपरीको वातावरण र चुरोटको धुवाॅ तान्दै हराउन पुगेको थिए । यो शरीरमा पानीको छिर्कन आएको महसुस भयो । छेऊतिर यी ऑखा पल्टाउॅदा भरखर तानेको त्यस चुरोटको धुवाॅ सर्किन पुग्यो, हातमा काडा उम्रिएझैॅ महसुस भयो त यो धड्कनको गति पनि तेज भएको महसुस भयो। मैले खोकेको सुनेर सायद के भएछ सोचेर पसलको दाईले उठेर हेर्नुभयो । दाई पानीको बोतल लिएर मलाई समाउन आइपुग्नुभयो।
एकछिनमा पानी पिएॅ । बल्लतल्ल सम्हालिएको त्यस भौतिक शरीरको भित्र खै कहाॅबाट अनेकौॅ भावना उब्जिएका थिए, के ले उब्जाएका थाए र किन थाहाथिएन तर त्यसलाई सम्हाल्नको निम्ति यी ऑखाहरूलाई छेउमा हेर्न मस्तिष्कले निर्देशन दिईरहेको थियो।
यी ऑखाहरू आत्तिएको मनलाई राहत दिन र मस्तिष्कको निर्देशन मानेको स्वरूप उतातिर पल्टिए।
मेरा ऑखा उनलाई हेरी आफूलाई थाम्न नसके जसरी सायद उनको छाताले पनि त्यो दरकिएको पानीलाई थाम्न नसकेर होला उनको कपाल लगाएत जिउॅ ढाकिएका ती कपडाहरू भिज्न पुगेका थिए।
अघि छाता बन्द गर्न लागेका उनका ती ट्याटु कोपिएका गोरा गोरा हात अहिले उनको हल्का भिजेका ती कपाल मिलाउन ब्यस्त थिए । त्यो भिजेको केशबाट पानी तर्किदैॅ उनको निधारबाट यात्रा शुरू गर्दै उनको त्यो थ्रेडिङ्ग गरिएको मसिना आखीभौॅलाई पार गर्दै ऑखामा पुगेको थियो । त्यस पानीको थोपाले गर्दा होला गाजलले ढाकिएका उनको गाजलु ऑखा झिमझिम गर्न थाले । उनका ती ऑखामा बिझाउॅन पुगेका ती पानीको थोपाहरूलाई आफैले हटाइदिऊ कि भएको थियो।
कपाल सम्हालु कि बिझाएका ऑखालाई पुछ्ने भनी अलमलमा रहेकी उनले हत्तरपत्तर झोलाबाट रूमाल झिकेर ऑखामा ढप्प ढप्प पारीन्। सायद उनको प्राकृतिक रङ्ग नै सेतो रहेका कारणले होला मेकअप थियो कि अझै छ भन्ने कुराको अत्तोपत्तो थिएन।
ऑखालाई राहत दिएको त्यस रूमाललाई उनले आफूले लगाएको घुडा तिर गरिएको ग्रन्च पाइन्ट भित्र हालेर फेरी कपाल मिलाउन लागिन्। अघि ऑखासम्म यात्रा गरेको त्यही पानीको थोपाको मित्र थियो कि नाई थाहा छैन तर बैजनी रङ्गले ढाकिएको उन्को त्यो ओठलाई स्पर्श गरेको त्यह पानीको थोपा देखेर कता कता मन खिन्न भएको थियो।
कपाल त्यतिकै छोडिदिएर उनले आफूले लगाएको जिन्सको ज्याकेटमा अड्काइएको आफ्नो काॅटा झिकेर ब्यागमा राखिन्।
उनलाई मैले दाया पट्टिबाट मात्र देख्न पाएको थिए ।
उनको पहिरन, हातको ट्याटु र कानमा दुई तीन ठाऊमा छेडिएर लगाइएको टपले गर्दा उनी अल्लि फरक किसिमको लागेको थियो।
मैले उनलाई एकोहोरो हेरिरहेको महसुस गरे। उनको पहिरनका कारण चुरोट खाएपनि उनलाई खासै फरक नपर्ला सायद बिन्दास होलीन् त्यही पनि पहिलो इम्प्रेसन नै चुरोटले सर्को परीसकेको छ के नै भयो र भन्दै चुरोट मागेर तान्दै बसे ।
चुरोट तान्दै म उनलाई छड्के नजरले हेर्दै थिएॅ। उनले बेलाबेलामा मुख बिगारेको पनि याद गरेको थिए। उनलाई सायद चुरोट खाने केटा मनपर्दैन थियो कि ? हुन त कोही केटीहरू लाई चुरोट खान मनपर्छ त कोहीलाई चुरोटको धुवाॅसॅग नै एलर्जी हुन्छ।
चुरोट तानेर सक्नु अघि नै पानी बिदो हुन लाग्यो। "चुरोटले अघि त्यसरी खोकी लागेपछि किन खानुपर्छ र!" भन्दै छेउमा रहेको छाता लिएर उनी हिडिन्।
म त्यो सुनेपछि केही जवाफ या प्रतिक्रिया दिन सकेको थिइन। अनेकौ भावनाले आत्यिएको मेरो मन झन त्यो सुनेपछि अझ आत्तिन थाल्यो।
दुई औलाको बीचमा च्यापिरहेको त्यो चुरोटलाई भुईमा फालेर खुट्ट्ले कुल्चिदैॅ अगाडि हेरे। उनी निकै टाढा पुगिसकेकी रहेछिन्। उनलाई जवाफ दिन मसॅग केही शब्द नै थिएन।
सायद मेरो जिन्दगीमा केही नकेही कुराको कमी हुने भएका कारणले होला न उनलाई पूर्ण रूपमा देख्न पाए न त जवाफ नै दिन सके।
"सर, हजुरले अहिले पनि चुरोट खानुहुन्छ?" एकजना विद्यार्थीले प्रश्न गर्यो ।
म हाॅसे ।
" उनले त्यो छाता झड्काएर मेरो शरीरमा आएका पानीको थोपाको स्पर्शले सायद अब चुरोटको मज्जाले लत बस्नु अघि नै त्यसलाई त्यागिदेऊ भनी उनलाई देखेर सर्किन पुगेको हो कि सोचेर त्यसदिन बाट छाडिदिए।" भने ।
"अनि त्यो केटीसॅग भेट भयो कि नाई त? " फेरी प्रश्न आयो।
"पढाईको कुरा यसरी त कहिल्यै सोध्दैन थियौ त तिमीहरू" भन्दै हाॅसे।
"नाई, आजसम्म भएको छैन।
ल क्लास पनि सक्कियो। भोलि नयाॅ टपिक" भन्दै क्लासबाट निस्किए।
जिन्दगीमा अनेकौॅ मान्छेसॅग भेट हुन्छ। कयौॅ मान्छेसॅग फरकफरक किसिमको भेट हुने गर्दछ । भेटको समय चाहे धेरै होस् या थोरै होस् त्यस भेटले आफ्नो जिन्दगीलाई कहाॅबाट कहाॅ पुराई के पाठ सिकाउछ भन्ने कुराले मतलव राख्दछ।
चुरोटको भूमरीमा परी सायद आज के के खादैॅ बाटोमा लड्न पुग्ने म आज एक विद्यालयको शिक्षक बनी आफ्नो जिन्दगीको यात्रामा अघि बढेको छु।
पहिरन र आवरणले बानीलाई झल्काउॅछ भन्ने मेरो भ्रमलाई चिर्दै उनी त्यस केही मिनेटको भेटबाट मेरो जिन्दगीमा आजसम्म गायब नै छिन्।
follow @_fenu229_ on instagram for more !
Mindblowing����
ReplyDeleteThankyou !!
DeleteDherai ramro ☺️
ReplyDeleteThanky you!!
Delete👌👌👌👌
ReplyDelete⭐️⭐️⭐️⭐️⭐️
ReplyDeleteDherai lamo vayera padna jhyau lagyo natra ta aru sab is amazing. Good job
Wow✌
ReplyDeleteWwoooowwww
ReplyDeleteLovely
ReplyDeleteYes bro it's lovely
Delete