Saturday, June 27, 2020
अरूको दुश्मन मेरो साथी ; प्रिय दाह्री
Dedicated to beard lovers or dari premi. Dari katha.
बिहानीको व्यायामले थकित मेरो शरीर यदी खोलामा पौडी खेलेर आफूलाई ताजगी महसुस गराउन खोज्दा त्यस खोलाबाट आएको पानीसॅगको मुठभेडले शरीरलाई ताजगी दिएपनि झन् अझै बढी थकाई लाग्छ कि सोचेर चारैतिर RCC घरले घेरिएको ठाउॅमा बुबाआमाले आफ्नो बसाई निर्माण गर्नुभएको होला। त्यस खोलाजस्तै शुद्ध होस् या नहोस् , त्यस खोलाले दिने जस्तो शरीरलाई ताजगी दियोस् या नदियोस् तर पनि केही हदसम्म शरीर ताजा र शुद्ध गराउने सोचले त्यही खोलाको पानीलाई यहाॅसम्म पाईपफिटिङ्ग गरेर धारासम्म ल्याइएको होला। त्यसैले आफ्नो शरीरमा त्यस धाराको पानीले स्पर्श गराई आफ्नो शरीरलाई शुद्ध र ताजापन महसुस गराउन लागी परे।
त्यही क्रममा मेरो हातले दुनियाॅको लागि बोझजस्तो रहेको मेरो प्राणप्रिय दाह्रीको महसुस गर्यो। आफू एक्लै आफ्नै धुनमा रहदाॅ अल्झाउॅदा पनि नअल्झाउने केही क्षति पनि नतुल्याएको , भएको नभएको त्यति महसुस नगरिने यो दाह्री अरूको माझमा रहॅदा अरूलाई कति अल्झाउने, कोप्ने, चिढाउने के के गर्ने रहेछ कुन्नि सबै यस दाह्रीको पछि लागि पर्दछन्।
ताजगीपूर्ण रहेको शरीरलाई ढाकेर म आफ्नो कोठाबाट निस्किएर बैठक कोठामा झर्न लागे। तर झर्दै गर्दा बुवाले मलाई कुनै प्रहरीले अपराधीलाई संकास्पद रूपले नियाले जसरी मलाई हेर्नुभयो।
यस्सो के सोफामा बस्न लागेको थिए बहिनी आई र रूखको लहरामा झुन्डिन खोजेझैॅ मेरो दाह्री तानिदिई।
"के गरेकी पिटाई खान मन लाग्यो?" भनी प्रश्न गर्न नपाउदैॅ ममीले "ठिक्क पर्यो। खुब पालेछस् नि। नानी किन कुर्नुपर्यो र दशैॅ तिहार त्यही दाह्रीमा पिङ्ग खेल् त" भन्नु भयो।
यहाॅ बसेर अपराधीजस्तो दर्जा पाउनुभन्दा चोकसम्म पुगेर पाउरोटी लिएर आउॅछु भनी निस्किए।
गेटबाट बाहिर निस्किए छिमेकी अंकलसॅग भेट भयो। "दाह्रीले बाबुलाई साह्रै बुढो देखियो। काट्ने होइन?" भनी प्रश्न गर्नुभयो।
जिन्दगी पनि कस्तो रहेछ। पहिले पहिले सन्चो-बिसन्चो, नयाॅ नौलो, पढाई, यता उता सोध्ने गर्थे सबैले तर अहिले सबैजना ले दाह्री कहिले काट्ने मात्र प्रश्न गर्छन् ।
मनमा आफ्नो दुःखलाई धेरै बेर नखेलाई अंकललाई जवाफ दिएर त्यहाॅबाट छुट्नु नै ठीक सोचेर
"बिस्तारै काट्छु अंकल अहिले समय मिलेछैन" भनी त्यहाॅबाट हिॅडे।
दाह्री चलाउॅदैआफ्नो सूरमा हिॅड्दै थिए । एकजना साथी भेट भयो । "दाह्री काट्न जान लागिस् क्या?" भनी सोध्यो।
म केही नबोली "होइन"को ईसारामा टाउॅको हल्लाएर हिॅडे।
निराश भएर हिॅड्दै थिए एउटा बच्चाले "बाबा हजुरले पनि त्यस्तै दाह्री पाल्नु न" भनेको बोली कानमा पर्यो र बच्चा तिर हेरे। उसको बुबाले उसलाई "हस्" भनेर प्रतिक्रिया दिनुभयो। बच्चा भगवान्को रूप भन्छन् हो जस्तो पनि लाग्यो तर त्यही बेला केही दिन अघिको घटना याद आयो।
घर फर्किदै गर्दा बाटोमा एउटा सानो बच्चा रोयो र उसकी आमाले कस्तो डरलाग्दो भएर हिडेको हो। मेरो बच्चालाई रूवाइदियो भन्दै नानाथरी आरोप लगाउन थालिन्।
सायद यस समाजमा मेरो दाह्रीको केही स्थान रहेनछ।
चोकको पसल पुगे अनि "ब्रेड दिनु न " भने। पसलेले ब्लेड दिनुभयो। नमज्जा लाग्यो। हुन त मेरो हुलियाले नै गर्दा उल्टो सुनियो होला।
"दाई पत्ती होइन पाउरोटी दिनु।" भनेर पाउरोटी पाउनु अघि नै छेऊमा रहेका सामान लिन आएका मान्छेहरूको हाॅसो सुन्न पाए।
चाॅडो चाॅडो त्यहाॅबाट निस्किएर घर जान लागे। घर पनि गएर यही दाह्रीको बारेमा नराम्रो तर्कहरू सुन्न पर्छ बाहिर निस्किउ त मान्छेहरू मेरै दाह्रीको विरूद्धमा उत्रिन्छन्। मैले आफ्नो दाह्रीले तिनीहरूको केही हानी नगर्दा पनि मेरै दाह्रीको पछि सबैजसो किन लाग्छन्?
मान्छेहरू अरूको खुशी के मा छ नसोची बोल्दछन्। मलाई खुशी त दाह्री पाल्नुमा भएर मैले पालेको हुॅ, कहाॅ अरूले काॅट भन्छन् अनि काट्छु सोचेर पालेको हुॅ र? मेरो दाह्रीको प्रशंसा गरून् या विरोध गरून् भनेर पनि त पालेको दाह्री होइन नि। मेरो गालामा पलाएको सानो दाह्री मसॅग नै म जसरी स्वतन्त्र रूपमा कहिल्यै बढ्ने भएन।
कोही भन्छन् सबै काॅट कोही भन्छन् हल्का राख्न कोही भन्छन् मज्जाले पाल त कोही भन्छन् कहिल्यै नसुनेको स्टाइलले काॅट।
बिचरा मेरो दाह्री स्टाइल चाहिने सबैलाई नानाथरी।
मान्छेहरू अरूको ईच्छा, खुशी विपरीत कति सजिलै बोलिदिन्छन् तर उनीहरूलाई त्यसरी नै भनी दिए नराम्रो मान्छन्। आफ्नो ईच्छा र आफूलाई खुशी लाग्ने कार्य गर्नुपर्छ तर मर्यादामा रहेर, अरूलाई खासै हानी नहुने गरेर । बिचरा मेरो दाह्री न कसैको हानी गरेको छ, आफू सधैॅ मेरै गालामा रहेर आफ्नो मर्यादामा नै त रहेको छ।
मान्छेहरूको कति ईच्छा खुशीहरू मेरो दाह्रीले पाएको नराम्रो आलोचनाले जसरी उनीहरूको ईच्छाहरू पूरा भएन होला तर यति याद गर्नु कि अरूलाई तपाईको कारणले खासै हानी नहोस् र तपाईहरू मर्यादित भएर आफ्नो कार्यमा लागिरहनु। दुनियाॅको काम त के नै हो र? अरेको आलोचनामा लागिपर्ने त हो।
म दिनमा हजारौॅ दाह्री विरोधीसॅग ठोक्किए पनि त्यस दिनमा ठोक्किएको एक दाह्री समर्थकले मेरा सबै कुरा, सोचलाई सामान्य बनाइदिन्छ।
सायद यस दाह्रीको नकरात्मक विश्लेषण नआउने भए सकरात्मक कुराले त्यति फरक पर्दैन थियो होला तर दाह्री प्रतिको हजारौ नकरात्मक वर्षिएको वर्षालाई सकरात्मक छाताले मलाई भिज्न नदिएर आनन्द दिलाउॅछ र मेरो गालामा दाह्रीलाई बचाई राख्दछ।
देखेर मेरो दाह्री
बोल्छन् अरू मनपरी
बिचरा मेरो दुःखसुखको साथी;
प्रिय दाह्री।
Follow @_fenu229_ on instagram !
फिनु
Author & Editor
नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!
White
Author & Editor
Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !
June 27, 2020
Literature, नेपाली, सामाजिक
Subscribe to:
Post Comments (Atom)
Jay daari!
ReplyDeleteNasakinu
ReplyDeleteDari katnuparxa
ReplyDelete