Saturday, July 25, 2020
आत्महत्याको सिकार; स्वयम् सिकारी कि हामी ?
जिन्दगी जस्तो सुकै होस् तर हरेस खाने काम चाँही कदापी नगर्नु ।
फोन काटिदिए र सकेसम्म छिटो साथीको घर पुग्ने सोचले बाईकको गति बढाए। यो गतिले फेरी अर्को केही घटना निम्त्याउने थियो कि नाई थाहा छैन तर मलाई अहिले सकेसम्म छिटो गन्तव्यमा पुग्नु छ।
हिजो भर्खर दुईजना सॅगै चिया खाएर छुट्टिएका थियौ। आज यो घटना घटेको सुन्दा आफैलाई अचम्म लागिरहेको छ।
आफ्नो गन्तव्यमा पुगेको म भीडको बीचमा आफ्नो बाईक राख्ने ठाऊ नभएकोले धेरै टाढा बाईक पार्किङ गरेर भीडको बीचमा केही ठाऊ बनाएर अघि बढ्दै थिए।
रूवाबासी एकदम थियो। अरूको रूवाईले नै मेरो ऑखा भरिन लागिसकेको थियो। भित्र जसोतसो पुगे।
हिजो जोसॅग बसेर यी ओठले तातो चियाको स्पर्श गरेको थियो आज त्यही ओठले अब त्यसरी स्पर्श लिन नपाउने भएर होला अघि भरिएका ऑखाबाट आशु झरिसकेछन्।
उसको ममी बुबाको रूवाई, आफन्तहरूको रूवाई देखेर म त्यहाॅ बस्न सकिन। झन त्यस माथि दर्दनाक थियो त उसको मृत शरीर जुन अझै घाॅटीमा डोरीले घेरिएको थियो त शरीर भुईमा।
त्यो अवस्थामा पुगेको उसले त्यो निर्णय लिनु अघि कति मनमा पीडा सहेको होला जसकारण यस्तो अवस्थामा आफूलाई राख्न ऊ पछि परेन।
उसको त्यति मिल्ने साथीहरूको ग्रुप पनि थिएन। कहिलेकाही सॅगै बसेर चिया खाने म नै पर्दथे होला अलि मिल्ने साथीको वर्गमा।
उसको जिन्दगीमा साथीहरूको साथ कम नै भए पनि ऊ आफ्नो छर छिमेकमा तथा आफन्तहरू सॅग धेरै घुलमिलेको मान्छे रहेको यहाॅ उपस्थित रहेको भीडले आकलन गरे। भीड मात्र भए तमासा हेर्न आए भन्न हुन्थ्यो तर यहाॅ आएका हरेकको ऑखा भरिएका छन्। बाहिर बसेका हरूको ऑखा भरिएका छन् त भित्र रहेकाहरूको ...
मनुष्यको स्वभाव भन्नु की भाग्य भन्नु ? कोही बाॅच्न चाहेर नि बाॅच्दैनन् त कोही बाॅच्न पाएर पनि आफ्नो प्राण त्याग्न पछि पर्दैनन्। हुन त आफ्नो इच्छाको कुरा नै त हो।
"मान्छे त हसिलो थियो। नराम्रो बानी पनि खासै थिएन। ... के सोचेर यस्तो गर्न पुग्यो कुन्नि? ... परिवार पनि सम्पन्न नै छ।" यस्तै कुराहरू कानले सुनिरहेका थिए।
मान्छेको मरण पछि नै मान्छेको गुनगान गाइन्छ रे भनेको सुन्ने गर्थे आज आफै प्रत्यक्ष रूपमा देखि सुनिरहेको छु।
मान्छेहरू सम्पन्न के लाई भन्छन्? धन? परिवार? आत्मसन्तुस्टि? यो मध्य सबैको समानरूपलाई सम्पन्न भन्छन् होला? तर भइरहेको घटना र मान्छेको स्वभावलाई विचार गर्दा त मान्छेले सम्पन्न त्यहीलाई मान्दछ जुन आफुसॅग हुदैन तर अरूसॅग हुन्छ भन्ने निस्कर्षमा मलाई दोहोराएर लग्यो त।
यो भन्दा यहाॅसम्म पढ्ने सबैले यही सबैकुराको समान रूपलाई सम्पन्न भनिन्छ सोच्नुभएको होला या यस्तै केही अरू कुराहरूको तल माथि होला तर मान्छे सम्पन्न आफ्नो नजरमा कदापि हुदैन सिर्फ अरूको नजरमा बन्न पुग्दछ र यो चलिरहन्छ।
बाहिर ढुक्क भएर मलाई केही कुराको चिन्ता छैन भनेर जति स्वाङ पारे पनि भित्र त सायद कति कुराले पिरोलिएको होला नि?
मनमा रहेको कुरा आज उसलाई सिर्जना गर्ने उसको बुबाआमाले त राम्ररी बुझ्न सकेनन्। तर ऊ स्वयम् आफूले हल्का बुझ्न त पर्ने हो नि!
उसलाई राम्रो सोच्नेहरूको आज यहाॅ के हाल छ त मैले देखिरहेको छु। उसलाई पनि पीडा रह्यो होला तर उसले आफ्नो साथीसॅग त भन्न सक्थ्यो। म सॅग नै खुल्न सक्थ्यो नि। यदी चाहेको भए दिउॅसोको चियालाई बेलुकीको मदिरा र सित्तन बनाउन म किन पछि पर्थे र?
साथीलाई भन्न मन नभए आफ्नो परिवारको सदस्यलाई भन्नु पर्दथ्यो। हुन त यस्तो कुरामा जति आफू एक्लियो त्यति एक्लिदै जाने हो तर भन्ने मान्छेको इच्छा भए सुन्नलाई आफ्नै घरका सदस्य तटस्थ रहन्छन् र केही न केही निस्कर्षमा पुग्छन्।
घरका सदस्यसॅग समय छैन भन्ने होला। कसैलाई त कसैले बुझ्दैनन् भन्ने होला। तर तिमी मर्ने अवस्थामा पुग्ने देख्दा घरका सदस्यले समय अवश्य निकाल्छन्।
यी कुरा यदी सम्भव नभए केही कुरामा आफ्नो मन बनाउन पर्थ्यो, साथी। कहिले एक्लै डुल्न निस्किएर वातावरणको अवलोकन मान्छेहरूको चालचलन अवलोकन गर्नुपर्थ्यो।
हुन त मैले अहिले यी कुरा सोचेर पनि के फरक पर्छ र? मैले पनि त समयमा तिमीलाई नियाल्न सकिन। यस घटनामा तिमी र हामी दुवै समान हकदार छौ।
हामीले तिम्रो व्यवहार बानी आकलन गर्न सकेनौ त तिमीले तिम्रो लागि को छन् त्यो बुझ्न सकेनौ।
आज यो घटना घट्यो। अब कति जना "Say no to suicide", "suicide is not an option" को नारा लिएर हिड्लान् तर यति गर्दैमा यो समस्या फेरि आउदैन र?
हामी त्यो नारा लिएर हिड्दा त्यो अवस्थामा पुग्न लागेकाहरू हामीले यस्तो भन्यौॅ भनेर म आत्महत्या गर्दिन भनेरपछि सर्छन् र? नाई कदापी सर्दैनन्। समाजमा सचेतना फैलाउनु एक हिसाबमा ठीक कुरा हो तर त्यस्तो भन्दै हिड्नेहरूले आफ्नो सर्कलको कोही यस्तो अवस्थामा पुग्न खोज्दा आफ्नो भूमिका के खेलेका छन् त?
भन्न मात्र सजिलो हो। कस्तो कायर रहेछ है भनेर टिप्पणी गरिदिन मात्र सजिलो हो। आफै सोच कहिलेकाॅही कोही साथमा भएको भए पनि आनन्द लाग्थियो भन्ने आभास गर्छौ होला है? हो त्यही आभासले आफूलाई भित्रभित्र दबाउॅदै जाॅदा यस्तो घटना घट्ने हो !
यो घटना गर्ने मृत्युलाई अंगाल्ने व्यक्ति भएपनि घटनाको वातावरण सिर्जना गरिदिने चाहिॅ हामी भएनौ र? अवश्य हामी हौ। मुखले म छु भनिदिन्छौ र गराईमा पर सरिदिन्छौ र आफूलाई कोही चाहिदाॅ मान्छे यस्तै छन् भनिदिन्छौ । त्यसले मलाई अस्ति समय दिएन म किन दिनु यता उता भन्छौ र अन्तिममा यस्तो दिन निम्त्याउॅछौ।
मेरो चिया पिउने मित्रले लिएको यस कदममा म पनि त्यति नै भागेदार छु होला तर यस्तो घटना फेरि निम्तिन नदिन आफूले सकेको गर। नारा लगाएर हिड्ने होइन आफ्नो सर्कलका कसैको बानी व्यवहारमा केही परिवर्तन आए आफूले के सक्छौ गर। समय देऊ, कुरा सुनिदेऊ या अप्रत्यक्ष रूपमा घुमाउरो पाराले सम्झाऊ। यति पनि नसके उसको घरमा खबर गरिदेऊ।
मान्छेले यो घटना निम्त्याउने सायद आफूलाई एक्लो पाएर आफैले आफैलाई नै घृणा गरेर आफूलाई बेकम्मा सोचेर होला नि हैन? तर तिमी आफूले त्यस्तो व्यक्तिको सोच परिवर्तन गराउन उसको महत्त्व झल्काउन सक्नुपर्छ।
यस पात्रको 'म' लाई पनि आत्महत्या गरेको मनपर्दैन तर तिनीहरू त्यस अवस्थामा पुग्ने कारण कयौ होला। मान्छे अनुसार फरक होला त्यसैले हामी फरक फरक मान्छेले फरक ढङ्गबाट यस्तो घटना घट्न नदिन मुखले होइन मैदानमा उत्रेर यसको सामना गर्नुपर्दछ र जिन्दगीको महत्त्व बिर्सेर बेपत्ता भएकाहरू लाई आफ्नो साथमा सामान्य रूपमा ल्याउन पर्दछ।
पढ्न लामो होला। के लेखेको आत्महत्याको पक्ष विपक्षमा लेखेको छ। के तालको लेख हो सोच्नु भएको छ होला? मैले यसमा केही तर्क राखिदिएको हो। तर्कले पक्ष विपक्ष कहिल्यै लिदैन।
आत्महत्या गर्नेलाई कायरको दर्जा दिने समाजमा रहेका मान्छेको भूमिका यस घटनालाई रोक्न साच्चिकै राम्रो छ त? के आफ्नो जिन्दगी त्याग्ने ती कायरले आफ्नो बुबा आमा आफन्तजन मिल्ने व्यक्ति जो आफ्नो समस्यामा उल्झिरहेका छन् तिनीहरूको कुरा बुझ्न सके त?
मान्छेहरूको फरक फरक व्यवहार हुन्छ। कोही कोमल हृदयका हुन्छन् त कोही खह्रो स्वभावको। जो पनि जुन बेला यसको सिकार बन्न पुग्दछ। विचार पुर्याउनुहोस्।
दुई मुखे व्यक्ति भए भने त्यो बाट पर बस्नुपर्छ भन्छन्। तर यस्तो अवस्थाका दुई मुखे जो बाहिर हाॅस्छन् भित्र निराशामा हराउॅछन् यिनीहरूको सदैव नजिक रहनुपर्छ।
यदी तपाई कोहीलाई अनेकौॅ ख्याल आउॅछन्। कुरा पोख्ने कोही छैन। आफूलाई केही कुराले खाइरहेको महसुस भए आफ्नो नजिकको व्यक्तिसॅग कुरा राख्नु। कहिले काॅही केही कुरा भन्न कस्तो लाग्छ। के सोच्ने होला यसले मलाई भन्ने हुन्छ होला। यदी त्यस्तो भए या भन्नको लागि कोही भेट्नुभएन भने कही लेख्नुहोस् र मन हल्का हुन्छ अनि त्यो लेखेको कुरा च्यातेर फालिदिनुहोस्।
कहिले केही गर्न मन नलाग्दा केही कुराले आफूलाई सताएको पाए त्यसलाई समाधान गर्न खोज्नुहोस्। दिमागलाई धेरै बोझ नगराउनुहोस्। ताजा हावा लिदैॅ डुल्दै सोच्नुहोस्।
समस्या सबैसॅग हुन्छ। त्यसबाट भाग्ने होइन डटेर लड्ने हो।
अहिले बोलीले लडिन्छ भन्दै आफै यस्तो अवस्थामा नपुग्नुहोस्। आफ्नो र आफ्नो नजिकका हरूको ख्याल राख्नुहोस्। यसरी आफ्नो र आफन्तको ख्याल राखे यस धर्तीका सबैजना यस अवस्थाबाट बच्न सक्छन्।
यस बारेमा कति कुरा छुटेका छन्। जति लेखेपनि सकिदैनन्। त्यसैले केही कुरा वाचन पनि गरेको छु। सुनिदिनुहोला। धन्यवाद।
सानो हुदा सुनेको थिए, "चरेस खानु तर हरेस नखानु।"
Follow @_fenu229_ on instagram !
फिनु
Author & Editor
नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!
White
Author & Editor
Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !
July 25, 2020
Literature, नेपाली, सामाजिक
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment