"आज म बिदा लिएर बसेको छु, यस बारेमा भोलि कुरा गरौला!" भन्दै फोन राखिदिॅए।
बिहे भएको १ महिना भईसकेको छ। हामी दुवैको नयाॅ जीवनको सुरूवात भएता पनि सायद मागी विवाह भएर होला हामी बिच खुलेर केही कुराको साटफेर भएको थिएन। हामीले एकअर्कालाई बुझ्न, चिन्नको निम्ति त्यति समय दिएका थिएनौॅ।
आफ्नो खुशी, ईच्छा आफू जन्मेको हुर्केको ठाऊ छोडी यहाॅ नयाॅ ठाऊमा आएकी तथा यहाॅ रहेका सबैजना नौला रहेता पनि यस घरको सौन्दर्य बढाउन आएकी उनलाई खुशी दिएर उनको सौन्दर्यलाई अझै बढाउनको निम्ति केही गर्न म किन पछि पर्ने हैन र?
उनको विवाह पछि पनि काम गर्ने इच्छालाई मूर्तरूप दिनको निम्ति उनलाई काममा जाॅदा केही कुराको रोकटोक गरिएको थिएन। केही दिन देखि उनी बिचरी अलि थकित भएझैॅ देखिएकी थिइन्। त्यसैले आज बुवा ममी आफ्नो समाजको साथीहरूसॅग पनि एक हप्ते भ्रमणमा निक्लिनुभएको मौका पारेर उनको लागि केही सप्राईज दिनको निम्ति छुट्टी लिएर बसेको छु।
उनको आजसम्म कसैसॅग प्रेम नभएता पनि फिल्म या बाहिर अरूको देख्दा बिचरीलाई मलाई नि मेरो श्रीमान् ले यसरी नै समय दिने माया गर्ने गरे पनि हुन्थ्यो नि है भन्ने हुॅदो हो। आज सम्म न मैले उनलाई त्यति समय दिएको छु न प्रेमको अनुभूति गराएको छु सायद यस्तै हुन्छ कि सोचेर बिहेको दिन उनी त्यसरी रोएकी होलीन्। आज सम्म जे भयो भयो अबको दिनबाट म उनको मस्तिष्कमा यस्तो सोच आजसम्म आएपनि अबदेखि ल्याउन दिन्न। त्यो सोचले उनको ऑखामा ऑसु पर्न दिन्न अबबाट उनको ऑखामा ऑसु आएपनि मुहारमा हाॅसो सॅगै ल्याउन चाहान्छु।
उसको लागि भनी ल्याएको सारी हाम्रो कोठामा रहेको टेबुलमाथि राखिदिए र घडीले ३ बजेको ईसारा दिएको भएर म बेलुकीको खाना उनी आउनु अघि नै बनाउॅछु सोचेर भान्छा छिरे। आजसम्म सधैॅ ममीले पकाएर दिएको कुरा खाएर हुर्केकाले पहिले पढाई र अहिले कामबाट खासै फुर्सद नमिल्ने होकी ननिकालेको कारणले
गर्दा मलाई सिर्फ ग्याॅस बाल्न र चिया पकाउन मात्र आउॅथ्यो। कहिलेकाही कुकरको कति सिठ्ठी लाग्छ सुन है बाबु भनेको भएर पनि कुकरमा बिर्को लगाएर पकाइन्छ भन्ने बुझेको थिए।
मोबाइलमा युट्यूब खोले र बनाउने तरिका हेर्न लागे। युट्यूबको सहायताले सादा खाना, दाल, काउलीको तरकारी, मासु, अचार, साग, प्राउन र सलाद बनाएर सके।
ढोकाको घन्टी बज्यो। समय बल्ल ४:३० भएको थियो। उनी पक्कै आएकी हैनन् सायद केक ल्याएको होला सोचेर ढोका खोले। उनी आएकी रहिछिन्। उनीलाई भित्र बोलाउनु अघि नै ढोका बन्द गरे र भान्छा म चुकुल लगाए। त्यसपछि बल्ल ढोका खोले र उनको हातको ज्याकेट र ब्याग आफूले लिएर उनलाई भित्र बोलाए।
"के भयो हजुरलाई?" भनेर उनले सोधिन्।
म केही बोलिन। उनलाई कोठामा जाने ईशारा गर्दै आफूपनि उनीसॅगै कोठामा गए। "फ्रेस भएर यो टेबुलमाथिको सारी लगाएर आऊ है" भनेर म त्यहाॅबाट निस्किए।
खानेकुराहरू सजाएर राखेकै थिइन त्यसैले हतारहतारमा सबै खानेकुरा हरू अर्कै भाॅडामा सारेर टेबुलमा लभ आकारको आकृति बनाए। अब यहाॅ बीचमा केक बाॅकी रह्यो भनी सोच्दै थिए ढोकाको घण्टी बज्यो अब चाहिॅ पक्कै केक ल्याएको हुनुपर्छ सोचेर ढोका खोले। केक ल्याएको रहेछ। केकको खोल खोलिदिए।
मेरो दिलको माझमा उनी रहेझैॅ त्यस खानाले दिएको लभ आकारको बीचमा लभ आकारको white forest केक राखिदिए।
कति समय लगाएकी सोचेर उनलाई बोलाउनको निम्ति पछि फर्केको थिए उनी मैले सजाएको त्यो टेबुल देखेर ऑखाभरी ऑसु लिएर अचम्मित मुद्रामा बसेकी रहिछिन्। उनी मेरो नजिक आइन् र रूदैॅ आफ्नो अंगालोमा मलाई बाधिन्। मैले पनि उनको दुवै गालामा हात राखेर अंगालोबाट छुटाएर " भयो अब नरोऊ। नमिठो खाना छ भनेर यसरी रूने हैन।" भन्दै हाॅसे र उनको निधारलाई आफ्नो ओठले चुमेर उनलाई कुर्सीमा बसाए र आफू पनि बसे।
एक प्लेटमा खाना लगाएर एक एक हातमा एक एक चम्चा लिएर एक एक चम्चाको गास एकअर्कालाई खुवाउॅदै केही गफमा व्यस्त भयौॅ।
आजसम्मको जिन्दगीकै नमिठो खाना सायद त्यही थियो होला तर जुन माया, समय, मिहिनेत, लगनशिलताले बनेको थियो नि त्यसले गर्दा त्यस खानामा छुट्टै मिठास आएको थियो। यदी उनको निम्ति भनी नबनाएको भए उनको साथमा उनको चम्चाबाट नखाएको भए सायद आज त्यो खाना यस गलाबाट जादैन्थ्यो होला। त्यो खाना भएतापनि त्यसमा माया खुशी तथा उनको ऑसुको पनि मिश्रण थियो।
"खान मिठो त पक्कै थिएन तर मिहिनेत माया र समयको कदर गरिदेऊ न
यस समयलाई अझ यादगार बनाउनको निम्ति आऊ कही डुल्न निस्कौ न " भन्दै उनलाई बाहिर जान आग्रह गरे।
बिहे हुनु अघि को हो? बाटोमा ठोक्किए पनि खासै मतलब केही नाता नभएका हामी आज म उनको निम्ति भनी आफ्नो अफिस छोडेर उनको मुहारमा खुशीको उज्यालो ल्याउनको निम्ति के के गर्न पुगे। आखिर मायाले के के गर्न सिकाउदो रहेछ आफ्नो प्रेमी-प्रेमीका भन्ने की श्रीमान् श्रीमतीलाई खुशी बनाउनको लागि।
जिन्दगी कहिल्यै एक्लै हिॅडेर चल्दैन। जिन्दगीको गाडीलाई अघि बढाउन कोही न कोहीको साथ अवश्य चाहिन्छ। विवाह त अवश्य सबैको हुने नै गर्दछ चाहे मागी विवाह होस् या प्रेम विवाह होस् या भागी विवाह होस् तर विवाहपछि आफ्नो जिन्दगीलाई सजिलोसॅग खुशी माया रमाइलो पलका साथ कसरी व्यतीत गर्ने कुरा आफूमा भर पर्दछ।
जिन्दगी दुवैले सॅगै काॅट्नु नै पर्ने भएपछि प्रेमिल वातावरण बनाएर बाॅच्नुपर्छ।
Follow @_fenu229_ on instagram !
Best one yet!!
ReplyDelete-Sandyman
DeleteFrom today onwards one fan added to your fan group
ReplyDeleteThankyou sir !
Delete