Saturday, July 11, 2020
आधुनिकतामा एक्लिएको म
"मलाई बचाऊ म मर्न लागे।"
नातिको कोठाबाट आएको यो आवाजले मलाई अतालिदैॅ उसको कोठामा पुग्न बाध्य बनायो।
"के भयो? " भनेर सोधे।
"कसलाई के भयो ? ... मलाई बचाऊ त छिटो ।" भन्दै त्यही मोबाइलमा व्यस्त भयो।
गाउॅलेलाई बाघ आयो बाघ आयो बचाऊ भन्दै ढाॅटेर मज्जा लिएको त्यस व्यक्तिले साॅच्चिकै बाघ आउॅदा गुहार माग्दा कोई नआउने कथाको पात्र जस्तो त बन्दैन मेरो नाति भन्दै एकटक सोचमा परे।
म त्यहाॅ भएको नभएको खासै केही वास्ता नभएकाले त्यहाॅबाट निस्किएर आफ्नो कोठा तर्फ गए। नातिको उमेरको आफूलाई सम्झिए। यो उमेरमा यस रोपाईको समयमा सायद हिलोमा लिप्त भएको म सकि नसकि हलो चलाइरहेको हुन्थे होला। अहिले त यस सहरमा हलो देख्नु त टाढै जाओस् त्यही फोनमा हेलो भनेको मात्र सुन्न पाइन्छ।
"सधैॅ कति दुःख गरेर सकिन्छ र? अब छोराहरूले हेर्ने हुन् हामीलाई जाऊ सहर मा नै" मेरो इच्छा विपरित यहाॅ ल्याई मलाई छाॅडी यस आधुनिक युगको बीचमा अनपढ मलाई एक्लै बनाई गयौ है, प्यारी।
यस सहरमा बढ्दै गएको आधुनिकतालाई मैले समाएर त्यसकै गतिमा चल्न सकेको छैन। म त यस आधुनिक युगमा कागको हुलमा वकुल्ला जस्तै बन्न पुगेको छु। वरिपरि अरू हुदाॅ पनि आधुनिकतालाई अंगालेर आफूले थाहा नपाउने तरिकाले आफू एक्लै भइरहेको बुझेका छैनन्। यस बढ्दै गएको आधुनिकताको गतिले चाहिॅ आफ्नै परिवारसॅगको सम्बन्ध, बोली, भेट धमिलिदैॅ गएको छ।
हुन त आजको यस समयलाई कसरी नराम्रो भनुॅ? म पनि जुन समयमा हुर्किए त्यो समय त मेरो बुबा, हजुरबुबाको पालाको भन्दा त हल्का आधुनिकता पाएको समय हो नि।
नाति त्यही के गर्दै बस्छ खालि त्यही बचाऊ या गोलि चलेको आवाज सुनिन्छ। अहिले त लाहुरेमा भर्ति हुन त्यसरी नै सिकाउने रहेछन् कि क्या हो? पहिल्यै बन्दुक चलाउन सिकाएर! छोरा बुहारी पनि दुवै जना चस्मा मिलाउदैॅ खै के जाती बुक हेर्छन्। हाम्रो बेला त बुक त बढेमानको हुन्थ्यो अहिले त मोबाइल भित्रै अटाउने खालको बुक हुने रहेछ। यस आधुनिकता देखेर त दिक्दार लाइसक्यो।
टेबुलमा रहेको आफ्नो बाहिरी वस्त्र हराइसकेको र भित्र पनि च्यात्तिन लागेको अरूले नबुझ्ने तर मैले बुझ्ने अक्षरमा लेखिएको सानो कापी भनौॅ की के भनौ त्यो लिएर त्यहाॅ लेखेको भजन, स्लोकहरू पढ्न लागे।
अस्तिनै मेरो जन्मदिनमा फोटो खिच्छु अहिले के मा हो हाल्छु भनेर नातिले खिचाउन आउॅदा " एउटा भजन गाऊ त नाति मलाई उपहारको रूपमा " भन्दा "मलाई आउॅदैन" भनी फोटो खिच्यो र मैले नबुझ्ने भाषाको गीत गाउॅदै गयो। सायद आधुनिकताको फल यही होला।
सजकता र अल्छीपनको घेराले बाॅधिएर बढी नै आधुनिकताको प्रयोगले हाम्रो पुरानो परिवेश शैली, रहनसहन तथा सबै कुरा एकादेशको कथामा परिणत त हुने होला नि। खै कहाॅ गयो पहिलेको जस्तो रमाइलो क्षण। हुन त मैले पहिलेको परिवेशमा हुर्केर त्यही रमाइलो लाग्यो अहिलेका लाई यही आधुनिकताको छहारीमा बस्न पाउॅदा रमाइलो लागिरहेको छ।
यस आधुनिक र हाम्रो लगनशैली ढाॅचा आदि इत्यादिमा फरक भेट्टिएपनि हामी मानव रहेको चाहिॅ मिल्ने रहेछ तर मानवता चाहिॅ खै ...
बेलुकी साझ भएपछि आफ्ना उमेरका साथीभाई सॅगको त्यस चौतारीको छहारीमा हुने भेटले कहीकतै राहत पुर्याउॅछ। चौतारी पनि हामीजस्तै आजभोलि जस्तो हुदैॅ गएको छ कुन दिन चौतारीलाई पनि सङ्ग्रहालयमा राख्ने दिन आउॅछ जस्तो भएको छ।
भेटघाट हुने समय भएकाले सिरमा टोपी लगाए। अलि अस्ति नातिलाई "कस्तो टोपी लगाएको?" भनी प्रश्न गरेको थिए। "टोपी हैन बा ! कपाल हो" भनी जवाफ दिएको थियो। अहिलेको आधुनिक टोपी त कपालले नै बनाइदिने रहेछ।
न त यो आधुनिक संसारमा छिर्न सके न केही गर्न जाने। ठीकै छ मेरा छोरा बुहारी नातिहरू यस चलेको चलनलाई अंगाल्दै सधैॅ राम्रो कदम चालेर अघि बढुन्। तिनीहरूको खुशीमा नै त मेरो सन्तुष्टि छ।
आधुनिकतामा रमाउॅदै हिॅडेर आफु को हो? के हो? नबिर्सिऊन् र मानवीय धर्ममा अझ धमिलोपन नल्याउन् त्यही ईच्छा छ।
Follow @_fenu229_ on Instagram !
फिनु
Author & Editor
नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!
White
Author & Editor
Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !
July 11, 2020
Literature, नेपाली, सामाजिक
Subscribe to:
Post Comments (Atom)
Thats the reality of how our grandparents feel.
ReplyDeleteLoved it bhai❤️
Nikai marmik ❤️
ReplyDeletedami
ReplyDelete