Saturday, August 1, 2020
एक प्रेमको ओझेलमा अन्य प्रेम
चोखो प्रेमीहरूको मुखमा होइन जीवनमा साथ हुन्छ। तिमी चाहिॅ चोखो प्रेमी कि के?
माया !
यो शब्द सुन्दा कति जनालाई आफूले माया गर्ने व्यक्तिको याद आयो होला ?
सॅगै बिताएका ती तितामीठा पलहरू पनि याद आयो होला।
कति त आफूले माया गर्ने व्यक्तिसॅगै हुनुहोला त कतिको बिछोड भएपनि ती यादहरू दर्दनाक रूपमा उकासिएर पक्कै आउछन् होला।
माया भएर साथ रहिरहनु भएकाहरू लाई हजुरहरूको सम्बन्धमा कहिलेकाही झैझगडा भएपनि मायाको छहारीले सधै सम्बन्ध कसियोस् भनी कामना गर्दछु।
हुन त जति बढी झगडा त्यति बढी प्रेम भन्ने गर्दछन्।
तर यदि कोही प्रेममा कसैसॅग मज्जाले परेको छ र प्रेम टुट्यो भने त्यो मान्छेको अवस्था एकदम नाजुक बन्न पुग्दछ।
यदी कोही यत्तिकै मायाको नाम बदनाम गर्न मायाको अर्थै नबुझी मायामा परेको गर्छ भने त्यस व्यक्तिले ढिलो चाडो छुट्टिएपछि किन न होस् गल्तीको आभास गर्दछ।
हुन त प्रेमको बुझाई मान्छे अनुसार फरक हुन्छ उसको बुझाईको प्रेम अलग होला।
सधै माया गरेकाले माया गर्ने व्यक्ति आफ्नो जिन्दगीमा पाउॅछन् भन्ने त कहाॅ लेखेको छ र?
प्रेममा पर्दा पर्दै कहिले एकले अर्कालाई धोका दिएर टुट्छ त कहिले एकले अर्काको भावना नबुझेर त कहिले बाहिरी कारण हरूले टुट्न पुग्दछ।
प्रेममा बिछोड भएपछि चाहिॅ के ?
एउटा कुरा याद राख। प्रेममा एकजनासॅग बिछोड भएपनि अरूहरूबाट प्रशस्तै प्रेम पाइरहेका हुन्छौ।
तिमीले प्रेम प्रेमी प्रेमिका बीच मात्र हुन्छ भन्ने सोचाई राख्नु नै गलत हो। आफ्नो छोराछोरीको निम्ति रात दिन नभनी आफ्ना नङ्ग्रा खियाउने बाबुको प्रेम के प्रेम होइन र?
आफूलाई बिर्सिएर, आफूलाई जति दुःख गाह्रो भएपनि तिमीलाई कष्ट नदिनको निम्ति तिम्रो छहारी बनेर तिम्रो दिनचर्यालाई सहज पारिदिने तिम्रो आमाको प्रेम के प्रेम होइन र?
तिमी सानै छौ। खासै काम गर्न जान्दैनौ। केही मिठो पाके भाइ/बहिनीले खान्छन् नि भनेर सधै अघिल्लो स्थानमा राखिदिने दाई/दिदीहरूको प्रेम के प्रेम होइन र?
तिम्रो कुरा सधै सुनेर तिम्रो कुरालाई पालना गरेर तिमीलाई सधै आदर गर्ने तिम्रो शिर झुकाउन नखोज्ने तिम्रो मायाले नै होइन र?
आफ्नो घर बाहिर पाइला टेके बाट घर आउनु अघिसम्म सधै अनेकौॅ रूपले साथ हुने तिम्रो साथीहरू बीच के प्रेम छैन र?
कोही आफन्तको मा जाॅदा आज बसिदिए यो त्यो गर्न हुन्थ्यो। तिम्रो निम्ति भनी तिमीलाई मनपर्ने परिकारको बास्नाले स्वागत गरिदिनु के प्रेम भएर होइन र?
तिमी बाहिरी तिम्रो एकदम नजिक घनिष्ट व्यक्ति सॅगको प्रेमलाई लिएर यी प्रेमलाई ओझेलमा राख्दछौ र त्यस व्यक्तिसॅग को बिछोडले केही दूर्घटना निम्त्याउॅछौ।
तिम्रो जीवनसाथी नाम दिएका सॅग बिछोड हुदाॅ उसको यादमा डुबेर मरे जसरी बाच्दा के तिम्रो घर परिवार तिम्रो साथी आफन्त हरूले तिमी कसैसॅग प्रेममा परेबाट बिछोड सम्मको क्षणमा सानो देखिको तिमी भेटेको हुन्छन् कि नाई कहिल्यै सोचेका छौ?
माया त एक ठाउॅबाट कम भए अरू ठाउॅबाट प्रशस्तै पाइरहेका हुन्छौ।
तिम्रो क्रियाकलापले गर्दा तिमी उठबस गर्ने व्यक्तिहरूमा खुशी र ठेस पुग्छ भने कि त ती तिमीलाई प्रेम गर्नेहरू हुन् कि त तिम्रो दुश्मन हुन्।
दुश्मनसॅग पनि एक छुट्टै किसिमको प्रेम हुन्छ।
जब ती आफ्नो परिवार, साथी, आफन्त आदि इत्यादिबाट प्रेम पाउछौ तब कोहीबाट बिछोड हुदाॅ तिमी किन त्यति दुखी छौ मानौॅ कि तिम्रो कोही यस संसारमा छैन।
प्रेममा अनेकौ सुख दुःख साटासाट भए होलान्। कति गरेका बाॅचा पूरा भएनन् होला तर आफू जन्मे देखि आफ्नासॅग रहेको प्रेम के सक्कियो त?
तिमीलाई बिछोडको बादलले ढाकिरहेको हो। एक पाइला अघि चालेर हेर तिमीलाई प्रेम गर्नेहरूको केही कमी छैन।
त्यस बादललाई चिर्न हल्का गार्हो त होला तर तिमी एकपटक निस्किदेऊ त्यस पश्चात् तिमी आफूलाई प्रेम गर्ने व्यक्तिहरूको घेराईमा पर्न जान्छौ।
आजकल प्रेम हुने टुट्ने यही बढिरहेको आधुनिकताको रूपमा रहेको यस फोन नेटको कारण त हो। तिमी प्रेम पनि यही बाट गर्छौॅ त दुखी नी खुशी पनि यही बाट हुन्छौ त को आफूलाई प्रेम गर्छ त्यस व्यक्ति र मायालाई बुझ्न पनि समय निकाल्दैनौ।
त्यसैले तिम्रो निम्तिको साॅचो प्रेममा बिछोड भएपनि तिमीलाई थाहा नहुने गरी साॅचो प्रेम गर्नेको निम्ति केही समय निकालेर बाच्ने गर। तिमीलाई अगाध खुशी मिल्नेछ।
यदी तिम्रो निम्तिको साॅचो प्रेम तिम्रो हुन लेखेछ भने अवश्य मिलन हुन्छ। चिन्ता नगर तर टुटेर गएपछि आफू तथा आफ्नो परिवार आफन्त साथी सबैलाई दुखी नपार।
खासमा भन्ने नै हो भने प्रेम त जहाॅ पनि छ। तिमी हिड्दै गर्दा कोही व्यक्ति खानको लागि संघर्ष गरेको देख्दा तिमी उसलाई केही खाना अथवा पैसा दिन्छौ भने त्यो मानवता रूपी प्रेमले नै त हो।
तिमीले कहिल्यै नचिनेको मान्छेको लागि त प्रेम गर्छौ भने तिमी आफू सधै साथ रहनेहरूलाई एकपटक सम्झिने काम गर त। तिनीहरूको निम्ति तिमीसॅग कति प्रेम होला।
यदी तिमी कहिल्यै प्रेममा परेर या तिम्रो मिल्नेजन हरू कोही यस्तो अवस्थामा छन् भने तिमीले त्यस भ्रमको बादललाई चिर्न सहयोग गर।
चोखो प्रेमीहरूको मुखमा होइन जीवनमा साथ हुन्छ। तिमी चाहिॅ चोखो प्रेमी कि के?
यहाॅसम्म साथ दिनु भएकोमा धन्यवाद ! आशा छ कि तलको youtube link पनि सुनिदिनुहुन्छ होला।
Follow @_fenu229 on instagram !!
फिनु
Author & Editor
नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!
White
Author & Editor
Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !
August 01, 2020
Literature, नेपाली, प्रेम
Subscribe to:
Post Comments (Atom)
Beautiful words!keep going😊
ReplyDeleteThankyou !! Huss !!
DeleteK maya lagxa ra?
ReplyDeleteUkhumai lagcha ne!
Delete