• Saturday, July 18, 2020

    अज्ञात प्रेमको दुनियाॅ

    गर्मिले आत्तिएको म कक्षाको पङ्खा चलाएर आफ्नो सिटमा बसे। तब चलिरहेको त्यो पङ्खाको हावाको वेगमा तिम्रो बास्ना पाए। शरीर आनन्दित थियो हावाको वेगले साथै मन मस्तिस्क आनन्दित थियो तिम्रो शरीरको बास्नाले। त्यसैले म आनन्दित हुन पुगेको त्यस हावाको वेगले हो की तिम्रो शरीरबाट निस्किएको त्यो मिठो बास्नाले हो पत्तै पाइन।
    nepali-crush-story



    सधैॅ नै यसरी आफूलाई आनन्दित पाउने रहर रहिरहन्छ तर सधैॅ कहाॅ म अभागीले त्यस्तो सोचेर पाउॅछु र ? उनी, मेरो कक्षाको साथी, जसको नाम थर घर कहाॅ छ आदि इत्यादिको ज्ञान छ तर अहिलेसम्म एक पटक पनि बोलचाल जुरेको छैन। 

    न उनी मसॅग बोल्न खोज्छिन् न म नै उनीसॅग बोल्न खोज्छु तर मनले चाहिॅ अनेकौॅ कुराहरूको एकहोरो वार्तालाप सुरू गरिरहेको हुन्छ। सायद कक्षाको अलि अब्बल विद्यार्थी भएको भए पनि नोट, गृहकार्यको निहुॅमा हाम्रो वार्तालाप हुन्थ्यो होला। तर म र उनी दुवै मध्ययम वर्गको विद्यार्थी पर्यौ।

    एक त म खासै अरूसॅग बोलिहाल्न नरूचाउने त्यही माथि हाम्रो साथीहरूको रहेको सानो सर्कल नै फरक थियो। त्यही पनि म एक खासै नबोल्ने केटा र उनी एक केटी, कसरी हाम्रो सर्कल एउटै हुन्थ्यो त?

    उनी बोल्न नरूचाउने केटी हुन् त भन्दिन किनकी कक्षाको म बाहेक सबैसॅग उनको बोलचाल भैसकेको थियो होला। म फेरी कक्षाको कोही केटीसॅग नबोले पनि उनीसॅग मनमनै एकलौटी बोलिरहेको हुन्थे। सायद उनी पनि म जसरी मनमनै बोल्छिन कि? यदी मनमनै बोल्ने भए उनको र मेरो मुटुको बोलाइको परिणामको रूपमा उनको मुहारमा केही फरक त आउने गर्थ्यो होला नि?
    nepali-crush-story


    मान्छेहरूले भन्ने गर्छन् भाग्यले जुराए जे पनि हुन्छ। त्यसैले मैले यही कुराबाट एउटा निस्कर्ष निकाल्न पुगे कि हामीलाई भाग्यले जुराएकै छैन। जुराएको भए एउटै कक्षाका साथी हुदाॅ अहिलेसम्म किन बोलचाल सुरू हुदैन थियो र? 

    माया भन्ने कुरा यस्तै हो। कोहीको सुरू हुन नपाई सकिन्छ। कोहीको एक जनासॅग भईरहदा पनि अर्कोसॅग नि होला होला जस्तो हुन्छ। कोहीको एक कहानी बन्न पुग्छ। कोहीको मुटुमा बिछोडको भावना भए पनि अरूसॅग मायामा परेजस्तो गर्नुपर्छ त कोहीको मनमनै मायाको बिउॅ उब्जिएर त्यही नै बिछोड भएर सकिन्छ। कोही माया भन्ने कुरा नि हुन्छ है भन्ने थाहा नपाएर आफ्नो पार्टनरलाई दुःख दिन पुग्छन्। 

    यस्तै अनेकौॅ रूपका प्रेमी प्रेमीका बीचको प्रेम हुने गर्दछ त्यसैले त मायाको परिभाषा मान्छे अनुसार फरक हुने गर्दछ। 

    कोहीको परिभाषा मायाले भगवान् भन्दा पनि माथिको रूप पाएको हुन्छ त कोहीको मा  माया भन्ने एउटा भ्रम हो जुन भ्रम धोकाले हटाइदिन्छ भन्ने हुन्छ त कोहीको मा अन्य केही। 

    यस पात्रको म अनुसार मायाको परिभाषा यस्तो किसिमको छ।
    साथ नभएपनि साथ भएजस्तो 
    माया नभएपनि माया भएजस्तो 
    उसको उपस्थिति को आभासले 
    जिन्दगीमा मिठास छरिदिएजस्तो ...

    Follow @_fenu229_ on instagram ! 

    फिनु

    Author & Editor

    नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!

    White

    Author & Editor

    Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !

    2 comments: