• Friday, August 28, 2020

    नेपाली हो नि !

    फिनु
    Nepali


    राजदरबार हत्याकाण्डको खुलासा नभएको देशमा "राजा आऊ देश बचाऊ"को नारा लगाउछौ। 

    दासढुङ्गा हत्याकाण्डको खुलासा नभएको देशमा कुशल राजनीतिज्ञको आशा राख्छौ।
    निर्मला हत्याकाण्डको खुलासा नभएको देशमा धुक्कसॅग बाच्न खोज्छौ।
    दुर्घटनामा परी घाइते हुदा ब्याक गरी मारेको प्रत्यक्ष देखिरहदा पनि चुपचाप भएर १० लाख क्षतिपूर्ति दिएछ भन्दै बस्छौ।

    खोजतलास गरोस् भनेर जसको भर पर्छौ त्यही नै ढाकछोप गर्न लागिपर्दछ।
    काम गर्न गयो चिनेको कोही नभई बन्न पर्ने काम नबनी यत्तिकै फर्किन पर्दछ।
    देशमा रोजगारी चाहानेलाई रोजगार दिदैनौ, गर्न खोज्नेलाई गर्न दिदैनौ र जो सक्षम छ देशलाई हाक्न सक्छ त्यसलाई सजिलै बाहिर पठाइदिन्छौ।
    शिक्षा, स्वास्थ्यमा व्यापार गर्दा चुपचाप बसी त्यतिकै चल्न दिन्छौ।

    कोही देश बनाउन प्राण त्याग्छन् त कोही प्राण बचाउन देश बेच्छन्।
    कोही देश बनाउन पसिना बगाउछन् त कोही त्यही पसिनामाथि व्यापार गर्छन्।
    कोही सुरक्षा उपचार नपाएर संसार छोड्दै छन् त कोही सुरक्षा र स्वास्थ्यको ऑडमा बसिरहेका छन्।

    लाज ढाक्न कपडा लगाएर बस्छौ तर काम चाहिॅ आफ्नो ईज्जतलाई ढाकछोप गर्न पर्ने खाले गर्छौ।

    कसैको जिन्दगी आफैले बाचिदिए जसरी नमज्जाले आकलन गरिदिन्छौ त आकलन गर्नपर्ने ठाऊमा चुपचाप बसिदिन्छौ।
    सही होकी गलत नसोची हल्ला फिजाउन अलिकति पनि समय नलगाई फिजाउछौ।

    यस्ता त कति छन् कति जुन देखेर पनि नदेखेझैॅ गरेर ढुक्कसॅग बाॅच्ने गर्दछौ।

    सगरमाथाको देश भएकाले होला केही कुरामा कसैले उचाल्न खोजे सगरमाथाको टुप्पोमा पुग्न पनि पछि पर्दैनौ। 

    दिनका दिन नयाॅ घटनाले सामाजिक संजाल तताए पो बल्ल मज्जा आउछ नि। त्यसैले त त्यस्तैलाई आफ्नो स्वाभिमान सुम्पिएर बसेका छौ।

    म पनि के नै छु र ? गर्ने केही हैन मस्त लेखेर अरूको आकलन गर्न व्यस्त छु।

    धन्यवाद!

    Sunday, August 23, 2020

    How to create favicon for blogger ?

    फिनु

     Create Favicon

    In this blog you will know what is favicon and how can you create it for your blogger.


    Favicon is the website icon. It helps the user to recognize your website and access through it. 

    Favicon helps to make your website attractive. 

    You can make favicon of your own image or several letter of your wish through various favicon generator. 

    Steps to create favicon. 

    There are many favicon generator. I have attached the link of one of the favicon generator. Click the link below. 

    Favicon-generator

    Step 1 : When you click that link then a site will appear. There you can see image option as well as keyword option.

    Step 2 : For image, you can upload the image of your choice and convert into favicon.
                 For keyword you can simple select the alphabet and color of your choice. Then several samples will appear and you can select of your choice. There you can see download or edit option in the top of every sample from which you can download it.

    Once the favicon is created and downloaded then you can go to your blogger. From layout you can just add the favicon you created by yourself of your choice and make your site look attractive. 

    If any doubts then you can comment below.

    Thankyou. 

    Friday, August 21, 2020

    बुबाको प्रेम र मेरो निर्णय

    फिनु

    आखिर खास बन्ने आफ्नो नाताले भए

    धर्तीमा जन्माउने आमा हुन्थिन होला। 

    यी ऑखाले बुबाकै कर्म र माया देखेर

    उहाॅ नै प्यारो र खास लागेको होला। 


    यस धर्तीमा प्राण लिएपछि भाग्यमानी ती हुन्छन् जसले आफ्नी आमालाई देख्न र सर्वप्रथम 'आमा' भनेर बोलाउॅछन्। तर मैले प्राण लिएर आएको केही क्षणमा नै आमाले प्राण त्याग्नु भयो। मेरो बोली निस्किएको पनि 'बा' थियो रे। सायद बाबाको प्रेम, साथ, उहाॅको समयले होला।

    त्यो सानो उमेरमा नै कतिले मलाई 'अल्क्षिनी' को नाम नि दिए रे । यी कुरा  बुबाबाट होइन कहिले काही भेट्न आउने आफन्तजनबाट सुन्ने गर्थे। मेरो प्रगति देखेर " पहिले अल्क्षिनी भनेर भन्ने उसको प्रगति सुनेर निशब्द हुन्छन्" भन्ने गर्नु हुन्थ्यो।

    चौतर्फि आलोचना लगायत आमाको यादले गर्दा होला त्यस ठाऊॅबाट म सानै हुदाॅ बाबाले नयाॅ ठाऊॅमा उहाॅ र मेरो जिन्दगीको सुरूवात गर्नुभयो।  नया ठाऊॅ भए पनि मेरो बाबाको मान्छेसॅग घुल्मिलिने बानीले गर्दा हाम्रो छिमेकीसॅग राम्रै सम्बन्ध थियो। म सानो हुदाॅ देखि सबैले मलाई साह्रै माया गर्ने गर्थे रे। 

    प्राकृतिक रूपको आमाको स्तनपानको कमी महसुस भएको मेरो शरीरलाई गाई माता हुन्छ कि मेरो आमाको प्राण लग्ने यामराजको वहान मानिने भैॅसीको दुध होस् त्यही खुवाएर, मेरो हरेक जिम्मेवार आफैले पूर्ण गरेर बाहिरी दुनियाॅमा आफै अघि सर्दै घरायसी कामकाज तथा मेरो स्याहारसुहारमा कहिल्यै पछि पर्नु भएन। 

    मलाई अर्की आमाको छाया पर्न नदिएर आफैले मलाई हुर्काई सक्दो दुःख पीडा आफैले लिएर मलाई खुशीको छहारीमा राख्न कहिल्यै पछि पर्नु भएन। 

    मेरो पीडामा ऑशू झार्दै मेरो खुशीमा रमाउॅदै मेरा हरेक ईच्छा-आकांक्षा पूरा गर्दै मलाई मेरी आमा नभएको कमी कहिल्यै महसुस नगराई मेरो पालनपोषण गरेर मलाई आज यत्तिको बनाउनु भएको छ। 

    बिरामी हुदाॅ आफ्नो कामकाज त्यागेर आउने, मलाई हरदम समय दिएर मलाई खुशी बनाएर मेरो प्रगतिको चढाईको भर्याङ्ग बनी तथा मलाई पल खस्दा आड बनेर मलाई  प्रगतिको शिखरमा चुम्न सफल गराउनु भयो। म बजारिदा मलाई सम्झाउने मलाई उठाएर मेरो जिन्दगीको पर्दा पछाडिको मेरो हिरो बन्न कहिल्यै पछि पर्नु भएन। 

    मलाई सानो देखिको अहिलेसम्मको हजुरले गर्नु भएको माया प्रेम साथलाई त्यागेर म कसरी अरूको घर जान सकुॅला ? अहिलेसम्म म हजुरको साथ थिए र पो हजुरलाई बाच्ने आशा, खुशी थियो। तर म यस घरबाट कसरी बिदा भएर जाऊ ? 

    उहाॅले मलाई म नसक्ने अवस्थामा साथ दिनुभयो तर म अब उहाॅ नसक्ने अवस्थामा कसरी उहाॅको साथ छोडेर जाऊ ? 

    केही कामको ज्ञान तथा केही गर्न नसके पनि उहाॅसॅगै उहाॅको काम गर्ने ठाऊॅमा उहाॅकै अगाडि बस्नको निम्ति धेरैजसो गइरहेको हुन्थे। त्यस्तो मलाई साथमा देख्न आत्तिने उहाॅलाई म कसरी छोडेर जान सकुॅला ?

    त्यसैले मलाई यस दुनियाॅले जे सुकै भनुन् मचाहिॅ यस घरबाट कहिल्यै टाढा जान्न। म पनि आफैमा सक्षम भएकी छु। मेरो बाबाको कारण नै म यस ठाऊॅमा छु त्यसैले म मेरो बाबाले गरेको दुःखलाई नजर अन्दाज गरेर म विवाह गरेर कदापी जाने छैन। 

    मेरो आशाको किरण, मेरो हरबखत रहने मेरो साथी, मलाई माया गर्ने मेरो बाबा आमा जे भनेपनि उहाॅ नै मेरो सर्वश्व हुनुहुन्छ। 

    बिबाहले सबै केटीको जिन्दगीमा एकदमै महत्त्व राख्दछ। उसले सोचेको, सपनाको राजकुमार उसलाई माया गर्ने उसको दिलको राजकुमारले उसलाई लैजाने प्रतिक्षामा रहन्छन्। तर म मेरो जिन्दगीको राजा, मेरो बाबालाई, जन्मेबाटै भेटिसकेको छु त्यसैले म यही नै ठीक छु, खुशी छु। आफ्नो मुटुको धड्कन सोच्ने मेरो बाबालाई छाडी नचिन्ने ठाऊॅमा गएर घर गरेर खानु मलाई रहर छैन र यसमा म कदापी मान्ने पनि छैन।

    सायद पहिले मैले केही पुण्यको काम गरे होला त्यसैले उहाॅजस्तो बाबा यस जिन्दगीमा पाए ! 


    Follow @_fenu229_ on Instagram !! 

    Tuesday, August 18, 2020

    बुवा

    फिनु
    Buwa-baba


    न केही शब्दले वर्णन नै गर्न सकिन्छ न त केही उपहारले भरपाई नै गर्न सकिन्छ तर पनि मलाई यस सुन्दर धरातलमा जन्म दिएर मलाई यो लेख लेख्नसम्म सक्षम बनाइदिनु भएकोमा मेरो बुबा आमा दुवै प्रति धन्यवाद व्यक्त गर्न चाहान्छु। 


    भर्खर कोमाको बिरामी होसमा आएर म को हुॅ, कहाॅ छु भनेर आफ्नो बारेमा केही कुरा थाहा नभएको व्यक्तिझैॅ जिन्दगी पाएको तर कहाॅ छु के गरेको छु थाहा नपाएर आफ्नो ढुकढुकी चलेछ है भनी रोएर संकेत दिदाॅ मेरी आमाको पीडालाई देखेर निस्किएको त्यो ऑशुमा खुशीको ऑशु मिसाउॅदै ढुक्कको सास फेर्नुभएको थियो, मेरो बुबाले ।

    तालु नभरिएको मेरो शिर तथा केही कुराले सजिलै असर पार्ने मेरो नाजुक शरीरलाई यस वातावरणसॅग लड्ने शक्तिको निर्माण गराई क्षमतावान् बनाइदिनुमा तपाईकै हात रहेको छ।

    मेरो तोतेबोली सुन्नको निम्ति आफ्नो कान सदैव टाठो बनाएर राख्ने त्यस कानले अहिले मेरो राम्रो कार्यलाई सुन्दै खुशी हुने तथा नराम्रो कार्य सुन्दा मलाई सम्झाएर राम्रो पथमा हिड्न सहायता गरेको देख्दा खुशी लाग्दछ। एक थप्पडलाई त्यागेर हजारौ सुझावलाई अंगालेर मलाई राम्रो मार्ग तर्फ लग्न कहिल्यै पछि पर्नु भएन।

    हामीलाई बाहिरी दुनियाॅ के हो भनी मुखले बुझाएर तर व्यवहारिक रूपमा सदैव बच्चा सोची आफ्नो हात-पाखुराले यस धर्ती चलाउने पैसालाई कमाउन सकिन्जेल आफ्नै सुरझित छाताको ओझेलमा राखिरहनु भएको थियो। जब व्यवहारिक रूपमा म अघि बढ्न चाहे त्यतिबेला आफ्नो मनमा केही हल्का डर भएपनि मभित्र आत्मविश्वास बढाउन सधै अघि नै रहनुभयो।

    मेरो इच्छा, जिद्दीपनलाई सदैव माथि राखेर ढिलोचाडो त्यसलाई आपुर्ति गरेर सरल बनेको मेरो जिन्दगीबाट मैले पाएको खुशीलाई नै आफ्नो खुशी सोचेर सधैॅ रमाइ रहनु हुन्थ्यो। कहिले मेरो जिद्दीपन इच्छा सोचमा मात्र सीमित रहने खाले हुन्थ्यो होला तर त्यस कुरालाई राम्ररी सम्झाई बुझाई गर्नु हुन्थ्यो।

    एक पटक नबुझ्दा अर्को पटक सम्झाएर तथा त्यति पनि नबुझे जति पटक सोध्दा पनि झर्को नमानी मेरा प्रश्नहरूको जवाफ दिएर तथा मेरा  जिज्ञासाहरू लाई सदैव बुझाईमा परिणत गरिदिनु भयो। मेरो विद्यालयको गुरू नभएपनि मलाई जिन्दगीको कयौॅ मोडमा चाहिने जीवनोपयोगी ज्ञान दिने गुरू बन्न कदापी पछि पर्नुभएन।

    प्राकृतिक रूपमा पिडा सहनु नपरेपनि म जन्मिने अड्कल पाएको क्षण देखि लिएर आजसम्म मेरा हरेक कुरा, ईच्छा आदि ईत्यादि पूरा गर्दै जतिसुकै पिडा भएपनि बाहिरी दुनियाॅमा आफ्नो ज्यान, नङ्ग्रा खियाएर म लगायत यस परिवारका सम्पूर्ण सदस्यलाई सधैॅ आफ्नो एक सुरक्षित छाता भित्र ओझेल दिएर घाम-पानी दुःख-पिडाको दुनियाॅमा आफू रमाएर मलाई खुशीको माहोल मिलाइदिनु भएकोमा हजुरलाई धन्यवाद दिन चाहान्छु, बुवा ।

    कालो रङ्गको कपाल रहॅदा हजुरको काखमा बसेको मेरो फोटो देखिरहने म आजकल कही कतै रहेको हजुरको फुलेको कपालको साथ म हजुरको नाति देख्दा उसको भविष्य निकै उज्यालो रहेको महसुस गर्दछु। हुर्कदै उमेरसॅग हजुरबाट पाएको त्यो गाली तथा सम्झाई रूपी ज्ञान बल्ल राम्ररी बुझ्दै छु।

    काॅचो करेला रूपी जिन्दगीको तितो यथार्थलाई मरमसला रूपी हजुरको बुझाउने शैलीले मीठो बनाएर मलाई आर्जन गर्न दिनु भएका ती ज्ञानहरू सधैॅ आउने पुस्ताहरू माझ पनि जीवन्त राख्ने कोशिस गर्नेछु । हजुरजस्तै असल बुबा बन्न सकुला नसकुला तर हजुर जसरी बुबाको कर्तव्य पूरा गर्न कहिल्यै पछि हट्ने छैन।

    सानो छॅदाको मेरो ईच्छाहरूले ल्याएको मेरो रूवाईलाई खुशीमा परिणत गर्न कहिल्यै पछि नपर्नु भएको तथा मेरो जिन्दगीको हरेक गोरेटोमा मलाई सल्लाह सुझाव दिएर अघि बढ्न प्रेरणा दिने मेरो बुबालाई बुबा औंशीको शुभकामना ! 

    Friday, August 14, 2020

    अम्लले अमिलिएको जिन्दगी

    फिनु
    मस्तिस्कमा रहेको पुरानो रूप र ऐना अघि रहेको आफ्नै वर्तमान रूपबीचको दर्दनाक अन्तर देख्दा ऑखाबाट बर्बर्ती ऑशुका भेल झरे। 

    निर्दोष ऑखामा रहेका कयौॅ सपनाहरू पूरा गर्नको निम्ति आफ्नो कलेज जादा केही बाईकको हुल बीचबाट होलीको रङ्गले रङ्गीएको पानी छ्यापे जसरी त्यो रङ्गहीन एसिडले मलाई छ्याप्दा रोएकी, कराएकी, छट्पटाएकी म आफ्नो शरीर जलेर होकी आफ्नो सबै सपनाहरू खाकमा परिणत भएर हो मैले छुट्याउन सकेकी थिइन। 


    होलीको रङ्ग भए त कमसेकम रङ्गीन रहेको मेरो जिन्दगीमा लगाइएको त्यो मेरो कपडा तथा मेरो शरीर रङ्गीने थियो होला तर एसिडले पखालिएकी मलाई एसिडको पोलाईले असहनीय पीडा दियो तथा मेरो रङ्गिन जीवन तहसनहस पारिदियो। 

    कलेजमा हुदाॅ एसिड प्रयोग गर्दा त्यस्तो ध्यान दिएर प्रयोग गर्ने म आज एसिडमा नै भिजेकी थिए। त्यतिबेला यो एसिड झुक्किएर परे के हानी नै पुर्याउॅछ र ? भन्ने सोच राख्ने म आज  असहनीय पोलाईले त्यही बाटोमा छट्पटिएकी थिए।

    वरिपरि रहेका व्यक्तिहरूले बरू एम्बुलेन्स बचाउने तथा मेरो एसिड परेको शरीरलाई चिसो पानीले पखाली दिएका थिए। 

    एउटा मनुष्यको बाइकको हुलबाट एसिडको प्रहार पाएकी मैले अर्को मनुष्यको हुलबाट एसिडबाट बच्ने तरिकाहरू म माथि अपनाएको पाइरहेकी थिए।

    आफ्ना जलेका छालाहरू हेर्दै ...
    बुबा-आमालाई  पनि मेरो यो रूप देख्दा कस्तो भयो होला ? कोमल फुल सोची केही चोटपटक लाग्न नदिई मलाई हुर्काएर आज यो अवस्थामा मलाई पाउदा कस्तो भयो होला ? 

    मेरो बोलीले यस्तो रूप लिने मैले चाल पाएकी भए सायद म झुटको सहारामा त्यस व्यक्तिलाई ओझेलमा राख्थे होला । तर ओझेलमा पनि कति दिन राख्न सक्थे होला र ? 
    आखिर मैले के नै गल्ती गरेकी थिए र ? 

    के त्यस केटाको प्रेम प्रस्तावलाई अस्वीकार गर्दैमा मेरो जिन्दगी यस्तो गर्न मिल्छ र ? के मेरो आफ्नो सपना, सोचहरू हुदैनन् र ? के म पनि सबैजस्तो मनुष्य होइन र ? 

    सुन्दर रहेको मेरो जिन्दगी जहाॅ दिन रात के हो, दुःखसुख के हो महसुस गर्न पाउने गर्थे, अहिले त्यही जिन्दगीमा अन्धकारको बादल मडारिरहेको छ। अहिले एकान्तप्रेमी बन्न बाध्य बनेकी छु। जाने त कहाॅ जाने म यस्तो रूप लिएर ?

    अझ छट्पटिएर अस्पतालमा उपचाररत म, अन्धकार जीवन पाएको महसुस गरेकी म झनै ती अपराधीहरू खुल्ला रूपमा हिडेछन् रे भन्ने सुन्दा झनै अन्धकारमा धकेलिन पुगे।


    के मेरो जिन्दगीको केही महत्त्व थिएन र ? के मलाई केही हुदाॅ म, मेरो बुबा र आमालाई मात्र फरक पर्ने हो ? के यी समाजका अग्रजहरूको केही भूमिका छैन र ? 

    ती अधुरा सपनाहरू जुन पूरा गर्नको निम्ति कयौॅ मिहिनेत गरेकी थिए सायद ती सपनाहरू अब अधूरा नै रहनेछन्। 

    मान्छेलाई स्वतन्त्र चाहिन्छ तर यति पनि स्वतन्त्र मिल्नु ठीक होला र अरूको जिन्दगी नै विनाश गरिदिने ? 

    के मैले न्याय नपाउने नै हो र ? 

    तर कहाॅ कता कोही आएर मलाई यस्तो रूपमा अपनाएर ती अपराधीलाई सजाय दिन्छ भन्ने आशा लाग्ने गर्छ। 
    हेरौ त्यो आशा अब आशामा नै रहन्छ कि पूरा हुन्छ।

    नेपालमा पनि acid attack को घटनाहरू सुन्ने देख्ने गरिरहेका हुन्छौ। यसमा हाम्रो देशको कानुनको लचकता एक ठाऊमा होला तर हामीले पनि आफ्नो ठाऊबाट यसको विरोधमा सक्दो लाग्नुपर्छ। यस्तो घटनालाई रोक्न अभिभावकहरूले पनि हल्का केही भूमिका निर्वाह गर्न पर्ने देखिन्छ। 
    यदी यसरी बढ्दै गए कुन दिन त्यो एसिडलाई प्रयोगमा आफूले ल्याइन्छ या आफू शिकार भईन्छ भन्न सकिदैन। 

    यदी कोही तपाईहरूको समुदायमा यस्तो पीडित भए तपाईहरू न्यायको लागि लड्न एकजुत हुनुपर्छ र त्यस पीडितलाई उसको सामान्य जीवन जिउन प्रेरित गराउनु पर्दछ। 

    प्रेमले या आफ्नो अहङ्कारले यस्तो घटना निम्त्याउने काम कदापी नगरौॅ ।

    Visit the link below for another article related to acid attack. 

    Acid-attack

    धन्यवाद! 

    Follow @_fenu229_ on instagram !!

    Saturday, August 8, 2020

    सङ्गत कि ईच्छा या केही ?

    फिनु

     अरूहरूको के छ थाहा भएन तर म र मेरो साथीभाइहरूले मज्जाले प्रयोग गर्ने शब्द हो "गु" !


    कतिलाई त त्यो शब्द देख्दा नै "छ्या, के बोउलाएछ भन्ने भयो होला !" 

    कृपया नझुक्किनु होला आज म यहाॅ "गु" को बारेमा लेख्न लागेको होइन! 

    धैर्य गर्नुस् ! मैले प्रसङ्गलाई जोड्न बाॅकी नै छ ।


    हामी सबै त्यस शब्दको प्रयोगले एक अर्कालाई बोलाउने गर्छौ। तर एकजना साथी त्यस्तो थिए जो सधैॅ हामीसॅग हुन्थे तर त्यो शब्दको प्रयोग कहिले गरेनन्। 


    तर पछि खै के भयो उसले प्रयोग गरे अरू नै कारणले अरूकै कारणले तर हाम्रो सङ्गतले होइन। 


    ऊ हामीसॅगै सधैॅ रहदा, सधै हामीसॅगै उठबस गरिरहदा पनि उसले त्यो शब्द प्रयोग गरेनन् किनकी उसलाई त्यो शब्दलाई प्रयोगमा ल्याउन मन थिएन तर पछि उसको मन खै के मा लाग्यो र प्रयोगमा ल्याए त्यो उनको आफ्नो कुरा हो। 


    एकदिन हामी तीनजना साथीहरू घुम्न निस्किएका थियौ। त्यस दिन डाॅडा उक्लिने भनी बसेका थियौ त्यसैले खानेकुराहरू लिन जाने क्रममा हामीले " Somersby- apple cider " देख्यौ।

    Applecider


    त्यो देखेपछि हामी दुईजना साथीले खादैॅ जाने निर्णय गर्यौ तर एकजना साथी मानेनन्। 


    मैले अचम्म मानेको थिए। रक्सीको मात्रा ५% हो। स्याउकै बास्ना आउॅछ। खासै त्यस्तो केही हुदैन त्यही नि किन मानेनन्। एकछिन जिस्किएका होलान् सोचे तर त्यो डाॅडाको चढाई दुईटा somersby र एउटा पानीको बोटलमा टुङ्गिन पुगेको थियो। अरू खानेकुराहरू पनि छुट्टै थिए। 


    यी दुई प्रसङ्ग हेर्नुस्। 


    सुरूको घटना हेर्दा उनलेे ढिला भएपनि हाम्रो नभए पनि अरूकै सङ्गतले आफूमा परिवर्तन ल्याए त अर्को घटना हेर्दा उसको बानीमा केही परिवर्तन आएको थिएन। 


    आखिर यसमा सङ्गतको दोष कि अरू नै केही कुराको ? 


    यस्तै कुराहरू त हजारौ छन् जहाॅ कोही मान्छेमा सङ्गतको असर पर्छ त कोहीमा परेको हुदैन। 


    आखिर त्यो सङ्गतले नै हो की ऊभित्रको रहेको ईच्छाले हो ? 


    के लामो या छोटो समय लिएर मान्छेमा आउने परिवर्तन सङ्गतले गर्दा नै हो ?


    सायद मान्छेको इच्छाले त आफ्नो भावना र सोचहरू लाई आफ्नो काबुमा राखेर आफ्नो साथी जस्तो हुने नहुने सोच आउने होकी के हो ?


    कि मान्छेले आफूमा ईच्छा भएपनि नराम्रो सङ्गतलाई छिटो नअंगाल्नुको कारण डर त्रासले हो ?


    के मान्छेमा परिवर्तन आउने भनेको खासमा सङ्गतले गर्दा नै होकी ऊ भित्रको इच्छाले कि अन्य केही ?


    मलाई पनि यी कुराहरू थाहा नभएर लेखेको हुॅ । कृपया आफ्नो विचार तल कमेन्ट गरेर राखिदिनुहोला !


    Follow @_fenu229_ on instagram !!

    Saturday, August 1, 2020

    एक प्रेमको ओझेलमा अन्य प्रेम

    फिनु
    माया !

    यो शब्द सुन्दा कति जनालाई आफूले माया गर्ने व्यक्तिको याद आयो होला ? 

    सॅगै बिताएका ती तितामीठा पलहरू पनि याद आयो होला। 

    कति त आफूले माया गर्ने व्यक्तिसॅगै हुनुहोला त कतिको बिछोड भएपनि ती यादहरू दर्दनाक रूपमा उकासिएर पक्कै आउछन् होला। 
    nepali-love-story


    माया भएर साथ रहिरहनु भएकाहरू लाई हजुरहरूको सम्बन्धमा कहिलेकाही झैझगडा भएपनि मायाको छहारीले सधै सम्बन्ध कसियोस् भनी कामना गर्दछु।

    हुन त जति बढी झगडा त्यति बढी प्रेम भन्ने गर्दछन्। 

    तर यदि कोही प्रेममा कसैसॅग मज्जाले परेको छ र प्रेम टुट्यो भने त्यो मान्छेको अवस्था एकदम नाजुक बन्न पुग्दछ। 

    यदी कोही यत्तिकै मायाको नाम बदनाम गर्न मायाको अर्थै नबुझी मायामा परेको गर्छ भने त्यस व्यक्तिले ढिलो चाडो छुट्टिएपछि किन न होस् गल्तीको आभास गर्दछ। 
    हुन त प्रेमको बुझाई मान्छे अनुसार फरक हुन्छ उसको बुझाईको प्रेम अलग होला। 

    सधै माया गरेकाले माया गर्ने व्यक्ति आफ्नो जिन्दगीमा पाउॅछन् भन्ने त कहाॅ लेखेको छ र? 

    प्रेममा पर्दा पर्दै कहिले एकले अर्कालाई धोका दिएर टुट्छ त कहिले एकले अर्काको भावना नबुझेर त कहिले बाहिरी कारण हरूले टुट्न पुग्दछ। 

    प्रेममा बिछोड भएपछि चाहिॅ के ? 

    एउटा कुरा याद राख। प्रेममा एकजनासॅग बिछोड भएपनि अरूहरूबाट प्रशस्तै प्रेम पाइरहेका हुन्छौ। 

    तिमीले प्रेम प्रेमी प्रेमिका बीच मात्र हुन्छ भन्ने सोचाई राख्नु नै गलत हो। आफ्नो छोराछोरीको निम्ति रात दिन नभनी आफ्ना नङ्ग्रा खियाउने बाबुको प्रेम के प्रेम होइन र? 

    आफूलाई बिर्सिएर, आफूलाई जति दुःख गाह्रो भएपनि तिमीलाई कष्ट नदिनको निम्ति तिम्रो छहारी बनेर तिम्रो दिनचर्यालाई सहज पारिदिने तिम्रो आमाको प्रेम के प्रेम होइन र? 

    तिमी सानै छौ। खासै काम गर्न जान्दैनौ। केही मिठो पाके भाइ/बहिनीले खान्छन् नि भनेर सधै अघिल्लो स्थानमा राखिदिने दाई/दिदीहरूको प्रेम के प्रेम होइन र?

    तिम्रो कुरा सधै सुनेर तिम्रो कुरालाई पालना गरेर तिमीलाई सधै  आदर गर्ने तिम्रो शिर झुकाउन नखोज्ने तिम्रो मायाले नै होइन र? 

    आफ्नो घर बाहिर पाइला टेके बाट घर आउनु अघिसम्म सधै अनेकौॅ रूपले साथ हुने तिम्रो साथीहरू बीच के प्रेम छैन र? 

    कोही आफन्तको मा जाॅदा आज बसिदिए यो त्यो गर्न हुन्थ्यो। तिम्रो निम्ति भनी तिमीलाई मनपर्ने परिकारको बास्नाले स्वागत गरिदिनु के प्रेम भएर होइन र?

    तिमी बाहिरी तिम्रो एकदम नजिक घनिष्ट व्यक्ति सॅगको प्रेमलाई लिएर यी प्रेमलाई ओझेलमा राख्दछौ र त्यस व्यक्तिसॅग को बिछोडले केही दूर्घटना निम्त्याउॅछौ। 

    तिम्रो जीवनसाथी नाम दिएका सॅग बिछोड हुदाॅ उसको यादमा डुबेर मरे जसरी बाच्दा के तिम्रो घर परिवार तिम्रो साथी आफन्त हरूले तिमी कसैसॅग प्रेममा परेबाट बिछोड सम्मको क्षणमा सानो देखिको तिमी भेटेको हुन्छन् कि नाई कहिल्यै सोचेका छौ? 
    nepali-breakup-story


    माया त एक ठाउॅबाट कम भए अरू ठाउॅबाट प्रशस्तै पाइरहेका हुन्छौ। 

    तिम्रो क्रियाकलापले गर्दा तिमी उठबस गर्ने व्यक्तिहरूमा खुशी र ठेस पुग्छ भने कि त ती तिमीलाई प्रेम गर्नेहरू हुन् कि त तिम्रो दुश्मन हुन्। 

    दुश्मनसॅग पनि एक छुट्टै किसिमको प्रेम हुन्छ।

    जब ती आफ्नो परिवार, साथी, आफन्त आदि इत्यादिबाट प्रेम पाउछौ तब कोहीबाट बिछोड हुदाॅ तिमी किन त्यति दुखी छौ मानौॅ कि तिम्रो कोही यस संसारमा छैन।

    प्रेममा अनेकौ सुख दुःख साटासाट भए होलान्। कति गरेका बाॅचा पूरा भएनन् होला तर आफू जन्मे देखि आफ्नासॅग रहेको प्रेम के सक्कियो त? 

    तिमीलाई बिछोडको बादलले ढाकिरहेको हो। एक पाइला अघि चालेर हेर तिमीलाई प्रेम गर्नेहरूको केही कमी छैन। 

    त्यस बादललाई चिर्न हल्का गार्हो त होला तर तिमी एकपटक निस्किदेऊ त्यस पश्चात् तिमी आफूलाई प्रेम गर्ने व्यक्तिहरूको घेराईमा पर्न जान्छौ। 

    आजकल प्रेम हुने टुट्ने यही बढिरहेको आधुनिकताको रूपमा रहेको यस फोन नेटको कारण त हो। तिमी प्रेम पनि यही बाट गर्छौॅ त दुखी नी खुशी पनि यही बाट हुन्छौ त को आफूलाई प्रेम गर्छ त्यस व्यक्ति र मायालाई बुझ्न पनि समय निकाल्दैनौ। 

    त्यसैले तिम्रो निम्तिको साॅचो प्रेममा बिछोड भएपनि तिमीलाई थाहा नहुने गरी साॅचो प्रेम गर्नेको निम्ति केही समय निकालेर बाच्ने गर। तिमीलाई अगाध खुशी मिल्नेछ।

    यदी तिम्रो निम्तिको साॅचो प्रेम तिम्रो हुन लेखेछ भने अवश्य मिलन हुन्छ। चिन्ता नगर तर टुटेर गएपछि आफू तथा आफ्नो परिवार आफन्त साथी सबैलाई दुखी नपार। 

    खासमा भन्ने नै हो भने प्रेम त जहाॅ पनि छ। तिमी हिड्दै गर्दा कोही व्यक्ति खानको लागि संघर्ष गरेको देख्दा तिमी उसलाई केही खाना अथवा पैसा दिन्छौ भने त्यो मानवता रूपी प्रेमले नै त हो।

    तिमीले कहिल्यै नचिनेको मान्छेको लागि त प्रेम गर्छौ भने तिमी आफू सधै साथ रहनेहरूलाई एकपटक सम्झिने काम गर त। तिनीहरूको निम्ति तिमीसॅग कति प्रेम होला।  

    यदी तिमी कहिल्यै प्रेममा परेर या तिम्रो मिल्नेजन हरू कोही यस्तो अवस्थामा छन् भने तिमीले त्यस भ्रमको बादललाई चिर्न सहयोग गर।

    चोखो प्रेमीहरूको मुखमा होइन जीवनमा साथ हुन्छ। तिमी चाहिॅ चोखो प्रेमी कि के? 

    यहाॅसम्म साथ दिनु भएकोमा धन्यवाद ! आशा छ कि तलको youtube link पनि सुनिदिनुहुन्छ होला।


    Follow @_fenu229 on instagram !!