• Friday, August 21, 2020

    बुबाको प्रेम र मेरो निर्णय

    बुबाको प्रेममा आधारित एक काल्पनिक लेख।

    आखिर खास बन्ने आफ्नो नाताले भए

    धर्तीमा जन्माउने आमा हुन्थिन होला। 

    यी ऑखाले बुबाकै कर्म र माया देखेर

    उहाॅ नै प्यारो र खास लागेको होला। 


    यस धर्तीमा प्राण लिएपछि भाग्यमानी ती हुन्छन् जसले आफ्नी आमालाई देख्न र सर्वप्रथम 'आमा' भनेर बोलाउॅछन्। तर मैले प्राण लिएर आएको केही क्षणमा नै आमाले प्राण त्याग्नु भयो। मेरो बोली निस्किएको पनि 'बा' थियो रे। सायद बाबाको प्रेम, साथ, उहाॅको समयले होला।

    त्यो सानो उमेरमा नै कतिले मलाई 'अल्क्षिनी' को नाम नि दिए रे । यी कुरा  बुबाबाट होइन कहिले काही भेट्न आउने आफन्तजनबाट सुन्ने गर्थे। मेरो प्रगति देखेर " पहिले अल्क्षिनी भनेर भन्ने उसको प्रगति सुनेर निशब्द हुन्छन्" भन्ने गर्नु हुन्थ्यो।

    चौतर्फि आलोचना लगायत आमाको यादले गर्दा होला त्यस ठाऊॅबाट म सानै हुदाॅ बाबाले नयाॅ ठाऊॅमा उहाॅ र मेरो जिन्दगीको सुरूवात गर्नुभयो।  नया ठाऊॅ भए पनि मेरो बाबाको मान्छेसॅग घुल्मिलिने बानीले गर्दा हाम्रो छिमेकीसॅग राम्रै सम्बन्ध थियो। म सानो हुदाॅ देखि सबैले मलाई साह्रै माया गर्ने गर्थे रे। 

    प्राकृतिक रूपको आमाको स्तनपानको कमी महसुस भएको मेरो शरीरलाई गाई माता हुन्छ कि मेरो आमाको प्राण लग्ने यामराजको वहान मानिने भैॅसीको दुध होस् त्यही खुवाएर, मेरो हरेक जिम्मेवार आफैले पूर्ण गरेर बाहिरी दुनियाॅमा आफै अघि सर्दै घरायसी कामकाज तथा मेरो स्याहारसुहारमा कहिल्यै पछि पर्नु भएन। 

    मलाई अर्की आमाको छाया पर्न नदिएर आफैले मलाई हुर्काई सक्दो दुःख पीडा आफैले लिएर मलाई खुशीको छहारीमा राख्न कहिल्यै पछि पर्नु भएन। 

    मेरो पीडामा ऑशू झार्दै मेरो खुशीमा रमाउॅदै मेरा हरेक ईच्छा-आकांक्षा पूरा गर्दै मलाई मेरी आमा नभएको कमी कहिल्यै महसुस नगराई मेरो पालनपोषण गरेर मलाई आज यत्तिको बनाउनु भएको छ। 

    बिरामी हुदाॅ आफ्नो कामकाज त्यागेर आउने, मलाई हरदम समय दिएर मलाई खुशी बनाएर मेरो प्रगतिको चढाईको भर्याङ्ग बनी तथा मलाई पल खस्दा आड बनेर मलाई  प्रगतिको शिखरमा चुम्न सफल गराउनु भयो। म बजारिदा मलाई सम्झाउने मलाई उठाएर मेरो जिन्दगीको पर्दा पछाडिको मेरो हिरो बन्न कहिल्यै पछि पर्नु भएन। 

    मलाई सानो देखिको अहिलेसम्मको हजुरले गर्नु भएको माया प्रेम साथलाई त्यागेर म कसरी अरूको घर जान सकुॅला ? अहिलेसम्म म हजुरको साथ थिए र पो हजुरलाई बाच्ने आशा, खुशी थियो। तर म यस घरबाट कसरी बिदा भएर जाऊ ? 

    उहाॅले मलाई म नसक्ने अवस्थामा साथ दिनुभयो तर म अब उहाॅ नसक्ने अवस्थामा कसरी उहाॅको साथ छोडेर जाऊ ? 

    केही कामको ज्ञान तथा केही गर्न नसके पनि उहाॅसॅगै उहाॅको काम गर्ने ठाऊॅमा उहाॅकै अगाडि बस्नको निम्ति धेरैजसो गइरहेको हुन्थे। त्यस्तो मलाई साथमा देख्न आत्तिने उहाॅलाई म कसरी छोडेर जान सकुॅला ?

    त्यसैले मलाई यस दुनियाॅले जे सुकै भनुन् मचाहिॅ यस घरबाट कहिल्यै टाढा जान्न। म पनि आफैमा सक्षम भएकी छु। मेरो बाबाको कारण नै म यस ठाऊॅमा छु त्यसैले म मेरो बाबाले गरेको दुःखलाई नजर अन्दाज गरेर म विवाह गरेर कदापी जाने छैन। 

    मेरो आशाको किरण, मेरो हरबखत रहने मेरो साथी, मलाई माया गर्ने मेरो बाबा आमा जे भनेपनि उहाॅ नै मेरो सर्वश्व हुनुहुन्छ। 

    बिबाहले सबै केटीको जिन्दगीमा एकदमै महत्त्व राख्दछ। उसले सोचेको, सपनाको राजकुमार उसलाई माया गर्ने उसको दिलको राजकुमारले उसलाई लैजाने प्रतिक्षामा रहन्छन्। तर म मेरो जिन्दगीको राजा, मेरो बाबालाई, जन्मेबाटै भेटिसकेको छु त्यसैले म यही नै ठीक छु, खुशी छु। आफ्नो मुटुको धड्कन सोच्ने मेरो बाबालाई छाडी नचिन्ने ठाऊॅमा गएर घर गरेर खानु मलाई रहर छैन र यसमा म कदापी मान्ने पनि छैन।

    सायद पहिले मैले केही पुण्यको काम गरे होला त्यसैले उहाॅजस्तो बाबा यस जिन्दगीमा पाए ! 


    Follow @_fenu229_ on Instagram !! 

    फिनु

    Author & Editor

    नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!

    White

    Author & Editor

    Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !

    1 comments: