• Friday, August 28, 2020

    नेपाली हो नि !

    नेपाली हो नि !

    Nepali


    राजदरबार हत्याकाण्डको खुलासा नभएको देशमा "राजा आऊ देश बचाऊ"को नारा लगाउछौ। 

    दासढुङ्गा हत्याकाण्डको खुलासा नभएको देशमा कुशल राजनीतिज्ञको आशा राख्छौ।
    निर्मला हत्याकाण्डको खुलासा नभएको देशमा धुक्कसॅग बाच्न खोज्छौ।
    दुर्घटनामा परी घाइते हुदा ब्याक गरी मारेको प्रत्यक्ष देखिरहदा पनि चुपचाप भएर १० लाख क्षतिपूर्ति दिएछ भन्दै बस्छौ।

    खोजतलास गरोस् भनेर जसको भर पर्छौ त्यही नै ढाकछोप गर्न लागिपर्दछ।
    काम गर्न गयो चिनेको कोही नभई बन्न पर्ने काम नबनी यत्तिकै फर्किन पर्दछ।
    देशमा रोजगारी चाहानेलाई रोजगार दिदैनौ, गर्न खोज्नेलाई गर्न दिदैनौ र जो सक्षम छ देशलाई हाक्न सक्छ त्यसलाई सजिलै बाहिर पठाइदिन्छौ।
    शिक्षा, स्वास्थ्यमा व्यापार गर्दा चुपचाप बसी त्यतिकै चल्न दिन्छौ।

    कोही देश बनाउन प्राण त्याग्छन् त कोही प्राण बचाउन देश बेच्छन्।
    कोही देश बनाउन पसिना बगाउछन् त कोही त्यही पसिनामाथि व्यापार गर्छन्।
    कोही सुरक्षा उपचार नपाएर संसार छोड्दै छन् त कोही सुरक्षा र स्वास्थ्यको ऑडमा बसिरहेका छन्।

    लाज ढाक्न कपडा लगाएर बस्छौ तर काम चाहिॅ आफ्नो ईज्जतलाई ढाकछोप गर्न पर्ने खाले गर्छौ।

    कसैको जिन्दगी आफैले बाचिदिए जसरी नमज्जाले आकलन गरिदिन्छौ त आकलन गर्नपर्ने ठाऊमा चुपचाप बसिदिन्छौ।
    सही होकी गलत नसोची हल्ला फिजाउन अलिकति पनि समय नलगाई फिजाउछौ।

    यस्ता त कति छन् कति जुन देखेर पनि नदेखेझैॅ गरेर ढुक्कसॅग बाॅच्ने गर्दछौ।

    सगरमाथाको देश भएकाले होला केही कुरामा कसैले उचाल्न खोजे सगरमाथाको टुप्पोमा पुग्न पनि पछि पर्दैनौ। 

    दिनका दिन नयाॅ घटनाले सामाजिक संजाल तताए पो बल्ल मज्जा आउछ नि। त्यसैले त त्यस्तैलाई आफ्नो स्वाभिमान सुम्पिएर बसेका छौ।

    म पनि के नै छु र ? गर्ने केही हैन मस्त लेखेर अरूको आकलन गर्न व्यस्त छु।

    धन्यवाद!

    फिनु

    Author & Editor

    नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!

    White

    Author & Editor

    Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !

    2 comments: