• Friday, August 14, 2020

    अम्लले अमिलिएको जिन्दगी

    मान्छेलाई स्वतन्त्र चाहिन्छ तर यति पनि स्वतन्त्र मिल्नु ठीक होला र अरूको जिन्दगी नै विनाश गरिदिने ?

    मस्तिस्कमा रहेको पुरानो रूप र ऐना अघि रहेको आफ्नै वर्तमान रूपबीचको दर्दनाक अन्तर देख्दा ऑखाबाट बर्बर्ती ऑशुका भेल झरे। 

    निर्दोष ऑखामा रहेका कयौॅ सपनाहरू पूरा गर्नको निम्ति आफ्नो कलेज जादा केही बाईकको हुल बीचबाट होलीको रङ्गले रङ्गीएको पानी छ्यापे जसरी त्यो रङ्गहीन एसिडले मलाई छ्याप्दा रोएकी, कराएकी, छट्पटाएकी म आफ्नो शरीर जलेर होकी आफ्नो सबै सपनाहरू खाकमा परिणत भएर हो मैले छुट्याउन सकेकी थिइन। 


    होलीको रङ्ग भए त कमसेकम रङ्गीन रहेको मेरो जिन्दगीमा लगाइएको त्यो मेरो कपडा तथा मेरो शरीर रङ्गीने थियो होला तर एसिडले पखालिएकी मलाई एसिडको पोलाईले असहनीय पीडा दियो तथा मेरो रङ्गिन जीवन तहसनहस पारिदियो। 

    कलेजमा हुदाॅ एसिड प्रयोग गर्दा त्यस्तो ध्यान दिएर प्रयोग गर्ने म आज एसिडमा नै भिजेकी थिए। त्यतिबेला यो एसिड झुक्किएर परे के हानी नै पुर्याउॅछ र ? भन्ने सोच राख्ने म आज  असहनीय पोलाईले त्यही बाटोमा छट्पटिएकी थिए।

    वरिपरि रहेका व्यक्तिहरूले बरू एम्बुलेन्स बचाउने तथा मेरो एसिड परेको शरीरलाई चिसो पानीले पखाली दिएका थिए। 

    एउटा मनुष्यको बाइकको हुलबाट एसिडको प्रहार पाएकी मैले अर्को मनुष्यको हुलबाट एसिडबाट बच्ने तरिकाहरू म माथि अपनाएको पाइरहेकी थिए।

    आफ्ना जलेका छालाहरू हेर्दै ...
    बुबा-आमालाई  पनि मेरो यो रूप देख्दा कस्तो भयो होला ? कोमल फुल सोची केही चोटपटक लाग्न नदिई मलाई हुर्काएर आज यो अवस्थामा मलाई पाउदा कस्तो भयो होला ? 

    मेरो बोलीले यस्तो रूप लिने मैले चाल पाएकी भए सायद म झुटको सहारामा त्यस व्यक्तिलाई ओझेलमा राख्थे होला । तर ओझेलमा पनि कति दिन राख्न सक्थे होला र ? 
    आखिर मैले के नै गल्ती गरेकी थिए र ? 

    के त्यस केटाको प्रेम प्रस्तावलाई अस्वीकार गर्दैमा मेरो जिन्दगी यस्तो गर्न मिल्छ र ? के मेरो आफ्नो सपना, सोचहरू हुदैनन् र ? के म पनि सबैजस्तो मनुष्य होइन र ? 

    सुन्दर रहेको मेरो जिन्दगी जहाॅ दिन रात के हो, दुःखसुख के हो महसुस गर्न पाउने गर्थे, अहिले त्यही जिन्दगीमा अन्धकारको बादल मडारिरहेको छ। अहिले एकान्तप्रेमी बन्न बाध्य बनेकी छु। जाने त कहाॅ जाने म यस्तो रूप लिएर ?

    अझ छट्पटिएर अस्पतालमा उपचाररत म, अन्धकार जीवन पाएको महसुस गरेकी म झनै ती अपराधीहरू खुल्ला रूपमा हिडेछन् रे भन्ने सुन्दा झनै अन्धकारमा धकेलिन पुगे।


    के मेरो जिन्दगीको केही महत्त्व थिएन र ? के मलाई केही हुदाॅ म, मेरो बुबा र आमालाई मात्र फरक पर्ने हो ? के यी समाजका अग्रजहरूको केही भूमिका छैन र ? 

    ती अधुरा सपनाहरू जुन पूरा गर्नको निम्ति कयौॅ मिहिनेत गरेकी थिए सायद ती सपनाहरू अब अधूरा नै रहनेछन्। 

    मान्छेलाई स्वतन्त्र चाहिन्छ तर यति पनि स्वतन्त्र मिल्नु ठीक होला र अरूको जिन्दगी नै विनाश गरिदिने ? 

    के मैले न्याय नपाउने नै हो र ? 

    तर कहाॅ कता कोही आएर मलाई यस्तो रूपमा अपनाएर ती अपराधीलाई सजाय दिन्छ भन्ने आशा लाग्ने गर्छ। 
    हेरौ त्यो आशा अब आशामा नै रहन्छ कि पूरा हुन्छ।

    नेपालमा पनि acid attack को घटनाहरू सुन्ने देख्ने गरिरहेका हुन्छौ। यसमा हाम्रो देशको कानुनको लचकता एक ठाऊमा होला तर हामीले पनि आफ्नो ठाऊबाट यसको विरोधमा सक्दो लाग्नुपर्छ। यस्तो घटनालाई रोक्न अभिभावकहरूले पनि हल्का केही भूमिका निर्वाह गर्न पर्ने देखिन्छ। 
    यदी यसरी बढ्दै गए कुन दिन त्यो एसिडलाई प्रयोगमा आफूले ल्याइन्छ या आफू शिकार भईन्छ भन्न सकिदैन। 

    यदी कोही तपाईहरूको समुदायमा यस्तो पीडित भए तपाईहरू न्यायको लागि लड्न एकजुत हुनुपर्छ र त्यस पीडितलाई उसको सामान्य जीवन जिउन प्रेरित गराउनु पर्दछ। 

    प्रेमले या आफ्नो अहङ्कारले यस्तो घटना निम्त्याउने काम कदापी नगरौॅ ।

    Visit the link below for another article related to acid attack. 

    Acid-attack

    धन्यवाद! 

    Follow @_fenu229_ on instagram !!

    फिनु

    Author & Editor

    नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!

    White

    Author & Editor

    Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !

    3 comments: