• Monday, May 10, 2021

    आमा : आदि माया

    फिनु

     आ- आदि

    मा- माया


    सायद जन्मिने बित्तिकै माया बस्ने कारणले होला "आमा" शब्दले उहाॅ चिनिने ! 


    तर सबै कहाॅ त्यति भाग्यमानी हुन्छन् र आमाको माया अनुभव गर्न !


    (सि सि गर्दै ) नाक पुछेझै गरी ...

    कामिएको जस्तो मेरो त्यो शरीर एउटा डाॅडा चढ्न निकै संघर्ष गर्दै थियो ! 

    देख्नेलाई भोकले कामेको जस्तो देखिए नि भोकले चाहिॅ थिएन!

    हुन त त्यो पनि एक प्रकारको भोक नै त हो ! 

    निकै संघर्षका साथ डाॅडाको भित्रै आइपुगे जहाॅ मानवको आवातजावात थिएन !

    बाटैमा आफूलाई नियन्त्रण गरी यहाॅ आफूलाई एक्लै पाएको ठाउॅमा केही हतार नगरी गोजीबाट धूलो निकाले !

    आहा ! 

    ढुङ्गा माथि पेपर राखि त्यसमा त्यो धूलोलाई हालेर एक पटकमै नाकले तानिदिॅए ! 

    ओहो ! सिधै हान्यो ! 

    स्वर्गको भ्रमण गर्न निस्किए जस्तो महसुस गरेको थिए 

    के त्यो स्वर्ग नै थियो कि खै ? 

    सायद म स्वर्गको बीचमा रहेर पनि स्वर्ग चिन्न नसकेर स्वर्गको खोजिमा भौतारिएर यसैलाई सोच्न पुगे की ?

    बिना पखेटाको चरा आकाशमा उडेझै यो शरीर भौतिक रूपमा त्यही जमिनमा भएपनि आफू अमर रहेर वहानमा यस धर्तीको यात्रा गर्न निस्किए झै मानेको थिए ।

    सायद स्वर्गको आनन्द यही हो ? न केही तनाव न केही चिन्ता ! मुखमा हाॅसो छ त मन चङ्गाझै उडीरहेछ ! खुट्टा भुईमा छ तर उडेको अनुभव भइरहेको छ। के यही हो त आनन्द ?

    के यही हो त अरूले आन्नद हुदाॅ गर्ने अनुभूति ? 

    आफ्नै दुनियाॅमा मग्न म आज आमाको मूख हेर्ने दिन पनि यसरी नै यो धूलोको साथमा बिताएछु !

    बेलुकी घर पुगी सुते !

    बिहान आमा आएर उठाउनुभयो ! स्कुल जानको लागि तयार भए !

    कक्षामा साथीहरू हल्लामा व्यस्त थिए ! म एक्लै बसिरहदाॅ "हिजो आमा औशीमा के दिइस् त आमालाई ?" प्रश्ध कानमा पर्यो !

    "केही नाई ! सधै मेरा निम्ति बनाउने ती हातलाई चुमेर ती हात र खुट्टाको मालिस गरी उहाॅको काखमा पल्टिएर गफ गर्दै बसे।"

    Mothers_day


    यो सुन्दा मन किन किन निराश भयो ! आजसम्म आमाको मुहार राम्ररी पनि नहेर्ने मलाई आमाको निकै याद आयो। कुन बेला छुट्टी हुन्छ र घर जान पाउॅछु भनी कसैले आफ्नो क्रसको रिप्लाई कुरे जसरी मैले कक्षाको अन्तिम घण्टी कुर्दै बसे ! 

    घण्टी बज्यो ! 

    सधै चुरोट किन्नलाई राख्ने त्यो पैसाले पसलमा गई एउटा मिठाई किने !

    घर गई आमालाई आफ्नो छेऊमा बसाएर 

    "आमा औशींको शुभकामना" भनी मिठाई खुवाए !

    "आज हैन लाटा हिजो हो !" भन्नुभयो !

    म केही बोलिन !

    "के भयो? " सोध्नुभयो !

    म केही नबोलि उहाॅको हातको पखेटाभित्र आफूलाई समावेश गरे ! 

    लाग्यो कि म स्वर्गको भ्रमणलाई निस्किदै छु !

    आखिर असली स्वर्ग त यहाॅ पो रहेछ । 

    सायद त्यो आमाको काखको जस्तो स्वर्गको अनुभूति गर्नको निम्ति एक चिम्ति धूलो तान्न पुगेको होला ... तर आमाको काखको सामु त्यो धूलोको के अस्तित्व ?

    Friday, April 2, 2021

    जिन्दगीका सुन्दर-सुन्दरी

    फिनु


    "नाई म चढ्दिन ! लडे भनेनि ? "
    "नडराऊ सानु ! लडे पनि म उठाइहाल्छु नि !"
    यति भनेपछि उनी हल्का डराए जस्तो भए पनि रूखमा चढिन्। 

    अलि माथि चढेपछि  मुस्कुराएर ऊ तिर हेर्दै 
    "सुन्दरको सुन्दरी बनायौ है आज मलाई"
    "हाहा ! सुन्दरी त पहिल्यै थियौ त "
    "भ भ "


    सुरूमा चढ्न डराएर त्यही भुईमा नै ठीक छु सोचिरहेको थिए तर उसको त्यो बोलीले मलाई दिएको साहासले गर्दा नै म माथि चढेर उसकै छेऊमा रूखमा उभिदाॅ मनमा शान्ति मिलेको छ ! 

    उसको साथले आफ्ना पाइलालाई जसरी रूखमा स्पर्श गराउन सके त्यसरी नै उसको साथमा हाम्रै एक जिन्दगीको रूखमा चढ्नु छ । 

    सायद भ एक्लै भएको भए त्यही भुईमा नै त रमाउन खोज्दथे तर उसको साथ छ र त म यहाॅ आउन सके ! हाम्रो एक अर्काप्रति साथ भए पो हामी दुबै अघि बढ्न सक्छौ !

    उसको हातले मायालु पारामा मेरो गालाको स्परश गर्यो।
    "नचल है धेरै! ऐले म लड्छु । " 
    पुनः त्यसरी नै गालामा महसुस गरे । 

    त्यही रूखमा अडेस लगाएर उसको साथमा त्यो धल्दै गरेको सूर्यको सुन्दरता अवलोकन गरे ! 

    रूखका हाॅगाहरूको बीचबाट त्यो दृश्य हेर्नुको मज्जा नै बेग्लै थियो ।

    जिन्दगीमा पनि यसरी नै हाॅगा रूपी समस्याको बीचबाटै अघि बढि त्यो सून्दर अस्ताएको सूर्यरूपी हाम्रो त्यो समस्या पछिको जिन्दगीको नयाॅ पाइला बन्दै लामो यात्रा बनोस्।


    Tuesday, March 30, 2021

    छोटो भेट; मस्त फ्रेस

    फिनु

    रोबोटजस्तो एकोहोरो रहेको मेरो दैनिकी जीवनमा आज कति समयपछि स्कुलको साथीहरूसॅगको छोटो समयको भेटले मनमा एक छुट्टै किसिमको खुशी आभास दिलायो !

    त्यो गफ, ठट्टा, एक अर्कालाई उडाउने शैली ।

    बाॅस रूपी शरीर बडेमानको रूखमा परिवर्तन हुदाॅ पनि यो मस्तिस्कमा ती स्कुल पढ्दा गरिएका क्रियाकलापको स्मरण अझै रहेको हुदाॅ माहोल नै छुट्टै बनेको थियो ! 

    friends





    त्यो " रै'छ  " शब्दले ल्याएको हाॅसोको माहोल होस् या हल्का  भावुक बनाएको माहोल होस् । जूसको चुस्की लिदैॅ गफ गर्दा समय गएको पत्तै भएन ।

    त्यो "सेल्फी सिट"को माहोलले पनि ...

    आजको साथीहरूसॅगको त्यो भेटले
    "फेरी कहाॅ आउछ र घुमेर त्यो बालपनको उमेर" गीतको भाव महसुस गर्न पुगियो ।

    न केही चिन्ता न कसैको मतलब ।
    आहा ! कति रमाइलो लाग्थ्यो त्यो बाल्यकालको स्कुल पढ्न जाॅदाको क्षण !

    यस्तै माहोल बेला बेलामा जरूरत हुने गर्दछ ...