रोबोटजस्तो एकोहोरो रहेको मेरो दैनिकी जीवनमा आज कति समयपछि स्कुलको साथीहरूसॅगको छोटो समयको भेटले मनमा एक छुट्टै किसिमको खुशी आभास दिलायो !
त्यो गफ, ठट्टा, एक अर्कालाई उडाउने शैली ।बाॅस रूपी शरीर बडेमानको रूखमा परिवर्तन हुदाॅ पनि यो मस्तिस्कमा ती स्कुल पढ्दा गरिएका क्रियाकलापको स्मरण अझै रहेको हुदाॅ माहोल नै छुट्टै बनेको थियो !
त्यो " रै'छ " शब्दले ल्याएको हाॅसोको माहोल होस् या हल्का भावुक बनाएको माहोल होस् । जूसको चुस्की लिदैॅ गफ गर्दा समय गएको पत्तै भएन ।
त्यो "सेल्फी सिट"को माहोलले पनि ...
आजको साथीहरूसॅगको त्यो भेटले
"फेरी कहाॅ आउछ र घुमेर त्यो बालपनको उमेर" गीतको भाव महसुस गर्न पुगियो ।
न केही चिन्ता न कसैको मतलब ।
आहा ! कति रमाइलो लाग्थ्यो त्यो बाल्यकालको स्कुल पढ्न जाॅदाको क्षण !
यस्तै माहोल बेला बेलामा जरूरत हुने गर्दछ ...