• Wednesday, January 5, 2022

    पर्खाई

    फिनु

     झ्यालमा बसी एक्लो मलाई साधदिने पवनको झोकालाई महसुस गर्दै बाहिर नियाल्दै थिए। झ्याप्प बत्ती गयो। सानो छॅदा बत्ती जाॅदा टुकी बाल्न भाग्ने मै हुन्थे तर अहिलेको अवस्थामा मलाई केही जाॅगर छैन। बत्ती गएपछिको अवस्थाले केही फरक पारेको छैन। यो त तिम्रो पर्खाईमा रहेको मेरो आफ्नै जिन्दगी ऑखाले छर्लङ्ग देखिएझै लागेको छ।

    पर्खाई



    बिस्तारै वरपरका घरहरूमा मधुरो प्रकाशले झलमल बनाउन थालेको थियो। मेरो जिन्दगीको त्यो प्रकाश कहिले आगमन भई झलमल बनाउने होला ? बत्ती गएपछि घरलाई उज्यालो बनाउन चाहिने जाॅगर कहिले आउने होला ?

    उज्यालोको रूपमा Unknown नम्बरबाट आएको कलले मोबाइल बल्यो। कलको बेवास्ता गरी मोबाइल उल्टो गराएर त्यो उज्यालो पनि हटाइदिए।

    अन्धकारमा रमाउन लागेपछि, अन्धकारलाई आफ्नो थानेपछि, अन्धकारलाई नै आफ्नो मानेपछि दुःखलाई नै खुशी मान्नुपर्ने रहेछ।

    कतै सुनेको थिए की " अंध्यारोमा त आफ्नो छाॅयाले पनि साथ छोड्छ"। हो रहेछ। उज्यालो रूपी उसको पर्खाईमा बस्दा बस्दा आफ्नो छाॅया सायद रूष्ट भएर होला साथ पनि छोडीसकेछ।

    सेकेण्ड मिनेट घण्टा दिन हुदै महिनौॅ वर्षौॅ बित्दै छ। त्यो एक सेकेण्ड काट्न कति गाह्रो थियो तैपनि त्यस्ता अनगन्ती सेकेण्ड काट्दै अझै त्यस्तै सेकेण्ड काट्दै छु केबल यस पर्खाई पछिको मीठो बिहानी महसुस गर्न। जहाॅ तिमी म र हाम्रो सपनाको संसार पाउनेछु।

    आशा छ र त समयसॅग बग्न अलि कम गाह्रो भएको छ। भरोसा छ र त अहिले आफूलाई यस ठाऊसम्म पाउन सकेको छु। कतै यी आशा र भरोसा दिने उसको आगमन हुन्छ भन्ने विश्वास गरेर बस्नु मेरो मूर्खता त हैन ?

    बत्ती आयो तर उसको साथ महसुस गरेपनि अझै यहाॅ पाएको छैन। यो बत्तीझै अवश्य एकदिन उसको साथ कसो नपाउला र ?

    -फिनु