२०७९ साल असार महिनाको १३ गते। म र मेरा साथीहरू निकै संघर्षका साथ बाटो नै थाहानभएको जलजले झरना पुग्न कसिएका थियौ। मेरो संगतले होकी तिनीहरू पनि मजस्तै बाटो नै थाहा नपाई हिड्ने बानी गर्न लागेका थिए। हुन त म पो प्रेममा अल्लारे तिनीहरू मजस्ता कहाॅ होलान् र ? त्यही पनि के भर प्रेमले अन्धो जो बनाउछ।
निकै संघर्षकासाथ पुग्यौ थकित अवस्थामा रहेर अब फर्किऊ है भन्नेहरूले मान्ने झरना; जुन त्यो झरनाको केवल एक अंश मित्रै थियो। थकित शरीरले त्यो देख्दा खुशी भयो तर हामी हाम्रो गन्तव्यसम्म पुग्न त अझै बाॅकी नै थियो।
सायद म पनि उनको दिलको गहिराईमा पुग्नु अघि नै थकित थिए कि ? थकितहरूले मान्ने झरनाजस्तै उनको त्यो मिल्ने साथीमा सिमित रहेको त्यो मित्रताबाट अझै भित्र पुग्न मैले नै थकान महसुस गरेको हो की ?
हुन त मुख्य झरना जाने बाटोको दिशा त्यस झरनाको अंश रहेको ठाऊबाट देखाईएको थियो तर उनको प्रेमको गहिराईमा पुग्ने त्यो बाटो उनको बहानाको पहिरोले अवरूद्ध भएको थियो। जुन मलाई मात्र थियो की ?
खैर, उकालो उक्लिदै, ओरालो झर्दै, साथीहरूको हात समाएर खोला तर्दै तथा ढुङ्गामा लागेको लेऊमा उनको मुटुको बाहिरी चिप्लो सतहमा चिप्लिएझै जसोतसो पार गरी झरना पुगे।
त्यहाॅ रहेको ढुङ्गामा चढि झरना हेरे। आहा ! कस्तो राम्रो दृश्य।
बयान गर्ने शब्द नै नभएझैॅ महसुस भयो, उनको सौन्दर्यजस्तै। ढुङ्गालाई चिर्दै आफ्नो बाटो बनाउदै झरझर झरिरहेको त्यो झरनाको पानी उनी जस्तै सहासी लाग्यो।
जसरी खाजा खाने बहानामा उनको ऑखामा हेरी मुटुको गहिराईमा डुबुल्की मार्न खोज्थे त्यसरी नै त्यस झरनामा डुबुल्की मार्न मन लागेको थियो।
साना साना पानीको थोपाको स्पर्श र उनको शरीरबाट निस्किने त्यो मनमोहक खुश्बु उस्तै लागे। ज्यान नै चिस्याइदिने तर मनमा एक ऊर्जा पैदा गराइदिने।
ढुङ्गा माथिबाट नै झरना महसुस गर्दा बुझे की उनको प्रेमको गहिराईमा म पुगेर नै उनलाई महसुस गरिरहेको रहेछु। लाग्यो की त्यो झरना उनको एकल प्रेमनगरी हो जहाॅ म गएर हाम्रो प्रेमनगरी बनाउन खोजिरहेको थिए।
माथिबाट खसेको त्यो झरना र ढ्ङ्गा माथि उभिएको मेरो कद मलाई हाम्रो कद जस्तै लाग्यो। सायद लामो कद भएका सबै प्रकृतिका उपहारले मनमा छुट्टै ठाऊ ओगट्ने रहेछ क्या हो ? झरना, उनी ...
त्यहाॅ रहेको त्यो इन्द्रेणीले त्यहाॅको सौन्दर्य बढाउन उनको मुस्कानको जस्तो काम गरेको थियो।
उनी, जति मीठो मुस्कान छोड्थिन् त्यतिकै मीठो बहाना बनाउ थिइन्। मबाट टाढिन् ।
बहाना नबनाऊ मदेखि तिमी टाढिन ...
सोचे फिरोज सिहंले त्यो बेला उनको र मेरो सम्बन्धको भविश्यवाणी गर्दै यो गीत गाएका थिए।
prem ko aawas adhuro prem ma nai vetine garxa mitra
ReplyDelete