जब मनमा अनेकौ कुराहरूको युद्ध चल्छ नि त्यो बेला सोच्छु की यदी अहिले शब्द कोरे भने कति कपीका फ्याक्ट्रीहरू मालामाल र म चाहीॅ कतिको ॠणी हुन्थे होला। त्यही कारणले होला जिन्दगीको पाना कोर्ने कदम चाल्न नसकेको।
यदी सक्थे त जिन्दगीको रूप नै बेग्लै हुन्थ्यो।हुन त के थाहा मैले पाना कोरेकोले नै यही नकोरेको महसुस गरेको हुॅ की?
अचम्मको कुरा है ?
मान्छेको मस्तिष्क पनि अजिव छ। के सम्म सोच्न पुग्छ के सम्म कोर्न पुग्छ। त्यही भएर होला हरेक कदम चाल्नु अघि राम्ररी सोच विचार गर्नु भन्ने।
निन्द्राकी देवी मसॅग रूष्ट भएका कारण उनलाई फकाउनको निम्ति गीत सुन्नमा मग्न थिए।
विभिन्न लयमा बजेका ती गीतहरूको कारण निन्द्रा देवी अझै रूष्ट थिइन् की मनमा खेलेका अनेकौ कुराहरूको कारणले म छुट्याउन सकिरहेको थिइन।
भरिया दाईले भारी बिसाउन पाउने त्यो चौतारी सायद यो मनका कुरा बिसाउन सायद यहीॅ नै थियो की?
एक सर्को तान्दा सोचे की सायद यहीॅ नै होला त्यो चौतारी ।
मनको ज्वालामुखी सेलाउने र चुरोट खरानीमा परिणत हुने रफ्तार केवल एउटै थियो।
अब चुरोटको ठुटो बाॅकी रह्यो त त्यस्तै कुराहरूका टुक्रा टुक्री।
बाहिरको हल्लाले निन्द्रा खुल्यो। कति बेला निदाएछु कुन्नी। सायद निन्द्रा देवीलाई गीतको सूर भन्दा पनि चुरोटको धूप चाहिएको रहेछ।
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ। 🙏🙏
0 comments:
Post a Comment