• Sunday, March 24, 2024

    Be happy

    फिनु

    धेरै कुरासॅग लड्दै वाक्क दिक्क भएर म लागे त केबल केही समय आफ्नो लागि छुट्याएर। आफूसॅग मात्र समय व्यतीत गर्न। पोखराको मुटु; लेकसाइड, जहाॅ आफ्नो मुटुको सारा कुरा पोख्न थियो त त्यो तालमा। त्यो ताल जसलाई हेर्दै म डुबुल्की मार्छु। जसरी त्यो तालमा आफ्नो शरीरलाई फाली दिएर तैरीने गर्छु। हो, त्यसरी नै आफ्नो मनको हरेक कुरालाई त्यही छेऊमा फ्याकिदिन्छु।


    "Opposite pole attracts each other" भन्थे। सायद त्यही कारण होला आफ्नो मन शान्त नहुदाॅ या आफ्नो मनमा निकै कुराहरूको द्वन्द चल्दा शान्त वातावरणमा समय व्यतित गर्न मन लाग्ने।

    चिसो हावाले आफ्नो मनमा खेलीरहेको कुरामाथि प्रहार गरेर होकी त्यस तालमा कुराहरूले डुबुल्की मारेर हो भरीयाले भारी बिसाउॅदा आन्नद महसुस गरेजस्तो आन्नद महसुस हुदै थियो।

    Behappy



    चिसो हावाको यस शरीरमा धेरै असर नपरोस् भनी एक कप चिया मगाए। चिया आयो त "Be happy" लेखिएको कपमा। संयोग भनौॅ कि के भनौॅ ? दाईले मेरो मुहारमा निराशा देखेर यस्तो कपमा चिया ल्याएका हुन् र ? चियाको चुस्की लिन मन लाग्यो। ओठले चियाको चुस्की लिनु अघि र पछी ऑखाले "Be happy" को चुस्की लिईरहेको थियो।

    त्यो तालमा मनका कुराहरूले डुबुल्की मारेर हो या चिसो हावाको प्रहारले हो या "Be happy" लेखिएको कपको चियाले हो या डायरीमा यी शब्द कोरीरहेका कलमले हो ? मनचाहिॅ हल्का भएको अनुभूती भईरहेको थियो। म पनि चियाको अन्तिम चुस्की लिएर "Ok brother ! I will be happy " भनी चियाको पैसा दिएर आफ्नो अर्को गन्तव्य तर्फ लागे।